रवि लामिछानेको पछि लागेर ठूलो गल्ती गरेँ: मुकुल ढकाल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट बर्खास्त भएका मुकुल ढकालले सभापति रवि लामिछानेको पछि लागेर ठूलो गल्ती गरेको बताएका छन् । बुधबार ठूलो बाका छोराको टिम्मुरे रेस्टुरेन्टमा पत्रकार सम्मेलन गर्दै लामिछानेसँग दुई वटा नागरिकता र राहदानी भएको र त्यसमा आफूले बचाउन खोजेकोमा पश्चाताप लागेको पनि उनले बताए ।
‘उहाँसँग दुई वटा पासपोर्ट छ,त्यतिबेला उहाँले कानुनी गल्ती गर्नुभएको हो, राजनीतिक गल्ती हैन भनेर म आफै जोगाउन लागेँ’,उनले भने, ‘अब उहाँमाथि छानविन गर्न पार्टीभित्र स्वतन्त्र उच्चस्तरीय छानविन समिति बनाइनु पर्छ । तर त्यो हुदैन,किन हुँदैन भन्दा पार्टी रवि लामिछाने क्लब भएको छ ।’ ढकालले सभापति लामिछाने सहकारी प्रकरणमा जोडिएकाले त्यसमा पनि निस्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् । अहिले पार्टी र पार्टीको कार्यालय एलिटहरुको कब्जामा भएको उनको तर्क छ ।
‘डिपी अर्याल सरले केही साथीले दिएको पैसालाई पार्टीमा जम्मा नगरी ऋण तिर्नु छ भनेर आफ्नो खल्तीमा राख्ने कामसम्म गर्नुभएको छ’ उनले दावी गरे । ‘सहकारीको विषयमा उहाँमाथि कुनै जाहेरी परेको छैन भनियो,हामीले पत्याएका थियौँ,तर अस्ति बिहिबार सम्मानित सर्वोच्च अदालतका दुई न्यायाधीशको बेन्चले रवि लामिछानेमाथि अनुसन्धान हुनुपर्छ भन्ने आशयको राय दिएको छ, अब त्यसमा पनि पार्टीभित्र उहाँमाथि छानविन गरिनुपर्छ’,उनले सुनाए ।
ढकालले उपसभापतिले निलम्बन पत्र थमाउँदैमा आफू पार्टीबाट निश्कासित नभएको पनि दावी गरेका छन् । अहिले पनि आफू रास्वपाको महामन्त्री नै रहेको उनको भनाइ छ । ‘मलाई उपसभापतिबाट निलम्बनको पत्र थमाइयो,त्यो आधिकारिक हुन सक्दैन । म अहिले पनि पार्टी कार्यालयको महामन्त्री कुर्सीमा गएर बस्नसक्छु,तर किन बखेडा गर्नु रु’,उनले थपे ।
उनले उपसभापति डिपी अर्यालले पार्टीको पैसा गोजीमा हालेको पनि आरोप लगाए । ‘डिपी अर्याल सरले केसम्म गर्नुभएको छ भने केही साथीहरूले दिएको पैसालाई पार्टीमा जम्मा नगरी ऋण तिर्नु छ भनेर आफ्नो खल्तीमा राख्ने कामसम्म गर्नुभएको छ’ उनले दावी गरे । रास्वपाभित्रको चरम आर्थिक अनियमितता हुने गरेको उनको आरोप छ । लेबीबाट उठेको रकम,सहयोग रकम,आम्दानी रकम पारदर्शी नभएको उनले बताए ।
सोही अवसरमा मुकुल ढकालले रवि लामिछाने अहिले पनि नयाँ गठबन्धन सरकारमा जानका लागि ढुकेर बसेको आरोप लगाए । ‘अहिले पनि नयाँ गठबन्धनको सरकारमा जान पाइहालिन्छ कि भनेर ढुकेर बसेका छन्’, पार्टीको कारबाहीपछि बुधबार पत्रकार सम्मेलन गर्दै उनले भने ‘प्रचण्ड,ओली र देउवाको शैली मन पर्ने मान्छेलाई मेरो शैली नराम्रो लाग्नसक्छ । अहिले भएको यत्ति हो।’
उनले पार्टीभित्र सभापति रवि लामिछानेको शैली निरंकुश हुँदै गएको भन्दै आफूले केन्द्रीय समितिको बैठक लाइभ गर्ने प्रस्ताव गरेको बताए। ‘तर लाइभ गरिएन। मैले उहाँहरूको असलियत देखाउनका लागि यस्तो माग गरेको थिएँ’ उनले भने ‘कालो टेप लगाउनु गल्ती थियो कि थिएन, थियो भने आत्मालोचना गर्न तयार छु। तर मैले सोचेको थिएँ बैठकभन्दा अघि मसँग कम्तीमा केही समय वार्ता गर्नहुन्छ कि भनेर तर त्यसो भएन र मुखमा कालो टेप लगाएर बसेँ।’
डिपीको आर्थिक अनियमितताको फेहरिस्त
ढकालले पार्टी स्थापना हुँदा पैसाको व्यवस्थापन गर्ने जिम्मा अर्यालले लिएको, तर त्यसयता उनले नै पार्टीको पैसा गोजीमा हाल्न थालेको आरोप लगाएका छन् । ‘मैले पार्टी स्थापना हुँदै गर्दा भनेको थिएँ, पार्टी चलाउन त पैसा चाहिन्छ, के गर्ने हो रु भनेर’, उनले सुनाए, ‘त्यतिबेला उहाँ ९अर्याल० ले मुकुल तिमी पैसाको चिन्ता नगर, तिमी दस्तावेज र राजनीतिमा ध्यान देउ । पैसाको कुरा डिपीको जिम्मा भयो भन्नु भएको थियो ।’
त्यसपछि आफूले पनि विश्वास गरेर कहिल्यै पैसाको कुरा नउठाएको, बरु पारदर्शी हुनुपर्छ है भनेर सम्झाएको बताए । उनले पार्टीको विधान अनुसार अर्यालले आर्थिक पारदर्शिता नदेखाएको दाबी गरे ।‘पार्टी घोषणा हुँदा २०७९ असार ७ गते राष्ट्रिय सभागृहमा प्रत्येक महिना वा तीनरतीन महिनामा आर्थिक हिसाबकिताव देखाउने घोषणा गरिएको थियो, मैले पनि डीपी अर्याललाई भन्दै आएको हुँ आर्थिक हिसाब–किताब क्लियर गर्दिनुपर्यो, तर उहाँले पार्टी चलिरहकै छ, धेरै नबोल् भन्नुहुन्थ्यो’, उनले थपे ।
दुई हप्ताअघि पार्टीलाई सहयोगको लागि आएको पैसा पनि अर्यालले आफ्नो गोजीमा हालेको ढकालको दाबी छ । ‘डीपी अर्याल सरले केसम्म गर्नु भएको छ भने साथीहरुले दिएको पैसालाई पार्टीमा जम्मा नगरी त्यो पैसा सिधै आफ्नो खल्तीमा राख्ने कामसम्म गर्नुभएको छ । यो काम दुई हप्ताअघि मात्रै पनि भएको छ, ऋण तिर्नुछ भनेर पार्टीको पैसा लिएर जानुभएको छ ।’
Comments
अरु समाचार
-
आजको विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
आजको राशिफलः २०८१ असोज ४ गते शुक्रवार
मेष: तारिफयोग्य कामले प्रशंसक बढ्नेछन्। मिहिनेतले ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। पेसा–व्यवसायमा राम्रै...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
काठमाडौं । आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ । शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...