ट्रम्पमाथि फेरि आक्रमणको प्रयास, एके-४७ राइफलसहित एकजना पक्राउ
काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि आक्रमणको निशानामा परेका छन्। मङ्गलवार रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा भाग लिन मिलवाउकी पुगेका पूर्व राष्ट्रपति ट्रम्पको सुरक्षा निकै कडा बनाइए पनि एकजना जबरजस्ती सम्मेलन हलमा प्रवेश गर्न खोजिरहेको अवस्थामा पक्राउ परेका छन्।
फक्स समाचारका अनुसार २१ वर्षका ती युवक सम्मेलन हलमा प्रवेश गर्न खोजिरहँदा आशङ्का लागेर प्रहरीले चेकजाँच गर्ने क्रममा ती व्यक्ति एके–४७ राइफल र गोलीसहित पक्राउ परेका हुन्।त्यसैगरी चक्कु लिएर सम्मेलन स्थल बाहिर घुमिरहेको अवस्थामा एकजना भेटिएपछि प्रहरीले गोली हानी हत्या गरेको छ।
राष्ट्रिय सम्मेलनमा ट्रम्पलाई रिपब्लिकन पार्टीले आगामी राष्ट्रपति निर्वाचनका लागि औपचारिक रुपमा उम्मेदवार घोषणा गरिएको छ। यसअघि आइतवार चुनावी सभा सम्बोधनको क्रममा पूर्व राष्ट्रपति ट्रम्पमाथि गोली प्रहार भएको थियो। गोलीको छर्रा लागेर उनको कानमा सामन्य चोट लागेको थियो।
Comments
अरु समाचार
-
जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च
काठमाडौं । जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार...
-
काठमाडौंका खोलाहरुमा राति आएको बाढी कम, आज पनि केही ठाउँमा वर्षा हुने
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेपछि बाग्मती, विष्णुमती र धोबीखोलामा बाढी आएको छ । दायाँबायाँका सडकसम्मै पुगेको...
-
हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु
काठमाडौं । दक्षिण–पश्चिम हाइटीमा शनिबार एउटा ट्याङ्कर विस्फोट हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। मिरागोएनमा भएको विस्फोटमा...
-
आप नेता केजरीवालले पदबाट राजीनामा दिने
काठमाडौं । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने आइतबार घोषणा...
-
म्यान्मारमा ‘यागी’ आँधीका कारण ७४ जनाको मृत्यु
काठमाडौं । म्यान्मारको यागी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको सरकारी सञ्चारमाध्यमले आइतबार जनाएका छन् । म्यान्मार, भियतनाम, लाओस...
-
चीनको सिनिङमा नेपाली पत्रकार टोलीको जमघट, चिनियाँ चाडको अनुभव बटुल्दै
काठमाडौं । चीनमा आगामी मंगलबार मध्य शरद पर्व मनाईंदैछ । चन्द्र महोत्सव वा मुन केक महोत्सवको नामले समेत चिनिने परम्परागत...
-
म्यानमारमा विनाशकारी बाढीको सामना गर्न विदेशी सहायता आह्वान
काठमाडौं । म्यानमारको जुन्टा प्रमुख मिन आङ ह्लाइङले शनिबार मानिसहरूलाई विस्थापित गरेको विनाशकारी बाढीको सामना गर्न विदेशी सहायताको लागि अनुरोध...
-
अमेरिकाले चिनियाँ विद्युतीय गाडीमा सतप्रतिशत शुल्क वृद्धि लागू गर्ने
न्युयोर्क । अमेरिकाले चिनियाँ विद्युतीय गाडी (ईभी) मा गरेको शुल्क वृद्धिलाई अन्तिम रुप दिएको छ । विद्युतीय गाडी (ईभी) मा...
-
मुख्यमन्त्री केजरिवाललाई सर्वोच्च अदालतद्वारा जमानत दिने आदेश
काठमाडौं । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सर्वोच्च अदालतले शुक्रबार जमानत दिएको छ । अदालतले मदिरा नीतिसँग सम्बन्धित सीबीआईको एफआईआर मुद्दामा...