सौर्य एयरको जहाज दुर्घटनामा १८ जनाको मृत्यु, एकजना घाइते
काठमाडौं । काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ ।
उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका वरिष्ठ प्रहरी उपरीक्षक डम्बर विकले जानकारी दिए ।
उनले सङ्कलित ती शव अहिले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लैजाने तयारी गरिएको बताए । प्रहरी उपरीक्षक विकका अनुसार सो विमानका चालक दलका एक सदस्यलाई जीवितै उद्धार गरिएको छ ।
सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा जाँदै गरेको उक्त विमान दुर्घटनामा परेको हो । अहिले विमानस्थलमा आन्तरिक उडान प्रभावित भएको छ ।
Comments
अरु समाचार
-
नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ । आइतबार राती करिब ७ः२० बजे ईच्छाकामना गाउँपालिका–६ नौ...
-
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा आठ स्थानीय पाठ्यक्रम लागू
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आठ वटा स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरेको छ । नगरपालिकाले विसं २०७८...
-
विदेशी मुद्राको विनिमय दर : आज अमेरिकी डलरको मूल्य बढेन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको...
-
आजको राशिफल: २०८१ साल भदौ ३१ गते सोमवार
मेषः कामको राम्रै मूल्यांकन हुनेछ। कामको प्रतिफल हातलागी हुनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आय...
-
काठमाडौंलाई हेर्न लायक सहर बनाउँछौँः उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौँ उपत्यकालाई बस्न लायक सहर बनाउन सरकार लागिपरेको बताएका छन् ।...
-
माइक्रोबसको ठक्करबाट नातीको मृत्यु, हजुरआमा गम्भिर घाइते
काठमाडौं । माइक्रोबसको ठक्करबाट पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज एक जना बालकको मृत्यु...
-
त्रिशुलीमा खसेको ट्रकका चालक सम्पर्कविहिन, घटना संकास्पद रहेको प्रहरीको अनुमान
काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशुली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहिन भएका छन्। ट्रक पानी बाहिर किनारमा रहेको...
-
नेपाली सेनाले असक्त तथा बेसहारा ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गर्यो
सुर्खेत । सुर्खेतको प्रशान्ति वृद्धाश्रममा नेपाली सेनाले निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । शनिबार नेपाली सेनाको उत्तरपश्चिम पृतना हेडक्वाटर तथा...
-
कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा
काठमाडौँ, ३० भदौः हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमबङ्गाल र...