प्रधानमन्त्री ओलीद्वारा साहित्यकार नेत्रप्रसाद गौतमका कृति विमोचन (फोटोसहित)
नेपाल साहित्यको उर्बर भूमी : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यकारको निकै उर्वर भूमि भएको बताएका छन् । नेकपा एमाले पार्टी कार्यालय च्यासलमा साहित्यकार एवम् एमाले केन्द्रीय सल्लाहकार समितिका सदस्य समेत रहेका नेत्रप्रसाद गौतमका ६ वटा कृति समेटिएका तीनवटा पुस्तकको शनिबार विमोचन गर्दै ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले भानुभक्त आचार्य, मोतिराम भट्ट, लेखनाथ पौडेल, बालकृष्ण सम लगायतका साहित्यकारहरू जन्मेको नेपाल साहित्यकारको निकै उर्वर भूमि भएको जनाए ।
नेपालको भूमिका वनजंगल पानी पँधेरा लगायत स्थानमा गीत–संगीतको प्रचलनले पनि साहित्यको क्षेत्रमा निकै विकास भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । उनले अहिले साहित्यमाथि केही प्रश्न उठ्न खोजेको र कसरी माथि उठ्ने हो भन्ने बहस चल्न थालेको धारणा राखेका थिए ।
प्रधानमन्त्री ओलीले साहित्यकार गौतमका ‘नेत्रसरका तीन खण्डकाव्य’,’मेरो इतिवृत्ति’ र ‘भूत पिसाच’ कृतिहरूको विमोचन गरे । एमाले नेता अमृत बोहोराको अध्यतामा भएको कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, उपाध्यक्ष प्रदीप ज्ञवालीलगायतले अग्रज एमाले नेता एवं साहित्यकार गौतमका कृति नेपालीका लागि प्रेरणादायी र मनोरञ्जनको श्रोत भएको जनाए । नेपालमा केही भएको छैन भन्नेहरुलाई पुस्तक अध्ययन गरेर ज्ञान हासिल गर्न आग्रह गरे ।
साहित्यकार गौतम एमाले स्थायी कमिटी सदस्य एवम् प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका पिता हुन् । विमोचन कार्यक्रममा एमाले नेता कार्यकर्ता, साहित्यकार, प्राध्यापक, पत्रकार, विद्यार्थीलगायतको उपस्थिति थियो । साथै उक्त कार्यक्रममा एमाले संखुवासभा जिल्ला कमिटीको तर्फबाट अध्यक्ष खड्ग राईले १४ बुँदे मागपत्र पेस गरेका थिए ।
Comments
अरु समाचार
-
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस
काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस भएका छन् । आज बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा उनलाई...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
महासभामा नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै काम नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा आफूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल...
-
विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । आईसिसि विश्वकप लिग–२ मा नेपालले आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । लिग–२ अन्तरगतको पहिलो खेल आज...
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दैछन्। संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री...
-
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्वारा आठ स्थानीय पाठ्यक्रम लागू
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आठ वटा स्थानीय पाठ्यक्रम तयार पारेर लागू गरेको छ । नगरपालिकाले विसं २०७८...
-
स्वास्थ्यकर्मीको समायोजनसम्बन्धी प्रक्रिया अघि बढाउन अनुमति
काठमाडौँ, ३१ भदौ । स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।...
-
विदेशी मुद्राको विनिमय दर : आज अमेरिकी डलरको मूल्य बढेन
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको...