फिलिपिन्समा आँधीसँगै आएको बाढीमा परी १४ जनाको मृत्यु
काठमाडौं। फिलिपिन्समा उष्णकटिबन्धीय आँधी यागीले निम्त्याएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १४ पुगेको सरकारले जनाएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का प्रवक्ता एडगर पोसादासले दुर्घटनामा परी लुजन टापु तथा मध्य फिलिपिन्समा १२ जनाको मृत्यु भएको बताएका छन् ।
उनका अनुसार मनिलाको दक्षिण पश्चिम प्रान्तमा दुई जनाको मृत्यु भएको छ भने मनिलाको पूर्वी प्रान्तमा अझै चार जना बेपत्ता छन् ।
उष्णकटिबन्धीय आँधीको प्रभावका कारण भएका डुबान, पहिरो, बिजुलीको करेन्ट लगायतका दुर्घटनामा परी अधिकांश महिला तथा बालबालिकासहित पीडितहरूको मृत्यु भएको जनाइएको छ ।
साता व्यापीरुपमा कायम रहेको यागी आँधी र मनसुनले निम्त्याएको भारी वर्षाले फिलिपिन्सको राजधानी मनिला र द्वीप समूहका अन्य भागमा आएको पहिरोले घर तथा गाउँहरू प्रभावित भएका छन् ।
फिलिपिन्सको मौसम विभागका अनुसार यागी मङ्गलबार उत्तरी फिलिपिन्सको इलोकोस नोर्टे प्रान्तको पश्चिमतर्फ २५ किलोमिटर प्रति घण्टाको गतिमा बगिरहेको छ भने ८५ किलोमिटर प्रति घण्टा हावा तथा १०५ किलोमिटर प्रति घण्टाको गतिमा आँधीबेहरी बहेको छ ।
यागीले बुधबार फिलिपिन्स छोड्ने, पूर्वानुमान अवधिभर तीव्र हुने र आगामी १२ घण्टामा गम्भीर उष्णकटिबन्धीय आँधीबेहरी तथा बिहीबार टाइफुनको श्रेणीमा पुग्न सक्ने पूर्वानुमान गरिएको छ ।
Comments
अरु समाचार
-
जम्मू–कश्मीर विधानसभा चुनावमा ५९.१९ प्रतिशत मतदान
दिल्ली । जम्मू–कश्मीरमा बुधबार भएको विधानसभा चुनावको पहिलो चरणमा साँझ पाँच बजेसम्म ५९ दशमलव १९ प्रतिशत मतदान भएको छ ।...
-
चक्रवात “यागी”का कारण दक्षिण पूर्वी एसियाका ६०लाख बालबालिका प्रभावितः युनिसेफ
काबठमाडौं । चक्रवात यागीले निम्त्याएको बाढी र पहिरोका कारण दक्षिणपूर्वी एसियामा करिब ६० लाख बालबालिका प्रभावित भएको युनिसेफले बुधबार जनाएको...
-
बङ्गलादेशी सेनालाई आन्तरिक सुरक्षाका लागि विस्तारित अधिकार प्रदान
काठमाडौं । बङ्गलादेशको अन्तरिम सरकारले मङ्गलबार सेनालाई ’म्याजिस्टेरियल’ शक्ति प्रदान गर्ने आदेश जारी गरेको छ । यस निर्देशनले सशस्त्र सेनालाई...
-
जापानमा अक्टोबर १ मा नयाँ प्रधानमन्त्री चयन हुने
काठमाडौं । जापानमा आगामी हप्ताको नेतृत्व प्रतिस्पर्धापछि अक्टोबर १ मा संसदद्वारा औपचारिक रूपमा नयाँ प्रधानमन्त्री चयन गर्ने सत्तारुढ पार्टीका एक...
-
नाइजेरियामा बाढीका कारण चार लाख प्रभावित
काठमाडौं । उत्तरपूर्वी नाइजेरियामा बाढीबाट चार लाखभन्दा बढी पीडित भएका र उनीहरूका लागि खाद्य, पिउने पानी, सरसफाइजस्ता प्राथमिक सहायताको आवश्यकता...
-
जापानमा वृद्धवृद्धाको सङ्ख्या उच्च
काठमाडौं । जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार...
-
काठमाडौंका खोलाहरुमा राति आएको बाढी कम, आज पनि केही ठाउँमा वर्षा हुने
काठमाडौं । काठमाडौंका विभिन्न ठाउँमा गएराति ठूलो पानी परेपछि बाग्मती, विष्णुमती र धोबीखोलामा बाढी आएको छ । दायाँबायाँका सडकसम्मै पुगेको...
-
हाइटीमा ट्याङ्कर विस्फोट हुँदा २४ जनाको मृत्यु
काठमाडौं । दक्षिण–पश्चिम हाइटीमा शनिबार एउटा ट्याङ्कर विस्फोट हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। मिरागोएनमा भएको विस्फोटमा...
-
आप नेता केजरीवालले पदबाट राजीनामा दिने
काठमाडौं । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले दुई दिनपछि मुख्यमन्त्री पदबाट राजीनामा दिने आइतबार घोषणा...