ताजा समाचार

संवैधानिक परिषद्को बैठक बेलुका ५ बजे बस्दै

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दै छ । बालुवाटारमा बेलुका ५ बजे उक्त बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने गरी बैठक आह्वान गरिएको हो ।

बैठकबाट प्रधानन्यायाधीशमा नियुक्तिका निम्ति नाम सिफारिस गर्ने तयारी छ । वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उमेरहदका कारण आउँदो असोज २२ गते अनिवार्य अवकाश पाउँदै छन् ।

प्रधानन्यायाधीश रिक्त हुनुभन्दा एक महिनाअगावै उक्त पदमा सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संविधानले तोकेको यो अवधि भने गुज्रिइसकेको छ ।

संवैधानिक परिषद्को बैठकबाट रिक्त रहेको निर्वाचन आयुक्तको पदमा पनि सिफारिस गर्ने सम्भावना छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org