देशभरिबाट लागूऔषधसहित पाँच जना पक्राउ
काठमाडौं । देशभरिबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् ।
जस अनुसार रौतहटस्थित चन्द्रपुर नगरपालिका– ४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय प्रचण्ड बहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको जनाइएको छ ।
त्यसतै बर्दियाको बढैयाताल गाउँपालिका–६ मैनापोखर बजारबाट अवैध लागूऔषध चरेशजस्तो देखिने पदार्थ २ किलो ९६ ग्रामसहित जाजरकोट जुनिजाँदे गाउँपालिका–५ मैफ बस्ने १९ वर्षीय कृष्ण थापालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । कैलालीको गोदावरी नगरपालिका–१ बाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ७३ ग्राम ८४० मिलिग्रामसहित सोही ठाउँ बस्ने बैतडी पाटन नगरपालिका–८ घर भएका २९ वर्षीय जग्दिश भट्टलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । साथै, कैलालीको धनगढी उपमहानगरपालिका–१ पार्क मोडबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय अभिषेक बसुवा र गौरीगंगा नगरपालिका–१ बस्ने २२ वर्षीय बिष्णु गुरुङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Comments
अरु समाचार
-
अनाथालयमा टिपर पस्दा ३ जनाको मृत्यु
काठमाडौं । साँखुको अनाथालयमा मानिस सुतिरहेकै कोठामा टिपर पस्दा ३ जनाको मृत्यु भएको छ। आज बिहान ३ः४० बजे अनाथालयभित्र बा...
-
खाँदबारीमा एक महिलाको शव फेला
काठमाडौं । सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ पिप्लेमा एक महिलाको शव फेला परेको छ । खाँदबारी–८ पिप्लेस्थित आदर्श टोलमा ३० वर्षीया यमकुमारी...
-
पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिक पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिक पक्राउ परेका छन् । बुधबार राति दुबईबाट...
-
पेस्तोल र गोलीसहित दुई भारतीय पक्राउ
काठमाडौं । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१५ रातमाटे चेकपोस्टबाट पेस्तोल र गोलीसहित दुई भारतीय नागरिक पक्राउ गरेको छ । प्रहरी चौकी...
-
सुनसहित नागढुंगाबाट दुई भारतीय पक्राउ
काठमाडौं । सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत...
-
सासूको हत्या आरोपमा बुहारी पक्राउ
काठमाडौं । सासूको हत्या गरेको आरोपमा बुहारी पक्राउ परेकी छन् । धनुषाको जनकनन्दनी गाउँपालिका–५ उधा बस्ने ६५ वर्षीया समुन्द्रीदेवी मण्डलको...
-
लागूऔषधसहित पक्राउ २ जना पक्राउ
काठमाडौं । कैलालीको धनगढीबाट एक युवक र युवती लागूऔषधसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ राष्ट्रिय वाणिज्य बैंक...
-
पेस्तोलसहित चार भारतीय नागरिक पक्राउ
काठमाडौं । पेस्तोलसहित जिल्ला प्रहरी कार्यालयले गएराति भीमदत्त नगरपालिका–६ ऐठपुर नजिक पूर्व–पश्चिम राजमार्गबाट चार भारतीय नागरिकलाई पक्राउ गरेको छ ।...
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...