श्रमिक अधिकारका लागि ‘राइडर्स युनियन नेपाल’ गठन, माधवप्रसाद पाण्डे अध्यक्ष चयन
काठमाडौं । नेपालमा प्लेटफर्ममा आधारित राइड सेयरिङ, कुरियर सेवा, खाना डेलिभरी र अन्य अनलाइन सेवामा कार्यरत श्रमिकहरूको हित र अधिकारको रक्षा गर्न ‘राइडर्स युनियन नेपाल’ गठन भएको छ। माधवप्रसाद पाण्डे अध्यक्ष रहेको ‘राइडर्स युनियन’ गठन गरिएको हो।
यस युनियनको उद्देश्य अनलाइन प्लेटफर्मसँग सम्बन्धित सेवामा काम गर्ने श्रमिकहरूको कामको अवस्था सुधार र उनीहरूको हकहित सुनिश्चित गर्नु हो। नेपाल ट्रेड युनियन महासंघसँग सम्बन्धित युनियन नेपालका विभिन्न शहरहरूमा कार्यरत राइडर्स, डेलिभरी ब्वाइ र अन्य श्रमिकहरूको अधिकारको संरक्षणमा सक्रिय रहनेछ। युनियनमा आवद्ध सदस्यहरूले कामको समयमा गरिने शोषण, असुरक्षित कार्य अवस्था र न्यूनतम तलबका मुद्दामा संघर्ष गर्नेछन्।
अध्यक्ष पाण्डेले युनियनको स्थापनासँगै अनलाइन सेवामा काम गर्ने श्रमिकहरूको अधिकार र सुरक्षामा सुधार ल्याउने सुनिश्चितता दिएका छन्। साथै यूनियनका नवनिर्वाचित अध्यक्ष पाण्डेलगायत पदाधिकारी तथा सदस्यहरुले श्रमिकहरूको हकको पक्षमा आवाज उठाउँदै, उनीहरूको कामका लागि उचित मूल्य र सम्मान सुनिश्चित गर्ने प्रतिवद्धता जनाएका छन्।
युनियनको गठनले नेपालमा अनलाइन सेवा प्रदायक संस्थाहरूका बीच श्रमिकहरूको कामको अवस्था सुधार्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षासमेत गरिएको छ।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...












