त्रिविले ‘ट्रान्सक्रिप्ट’लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले कार्यालयबाट उपलब्ध हुने सबै प्रमाणपत्रको फाराम अब ‘अनलाइन’ बाटै भर्न मिल्ने व्यवस्था गर्ने तयारी गरिएको छ ।
पनीकाले ट्रान्सक्रिप्टलगायतका सबै प्रमाणपत्रका लागि घरबाटै नै फाराम भर्ने व्यवस्था गर्न थालिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका छन् । आगामी चैतदेखि कुनै पनि प्रमाणपत्रका लागि कार्यालय नआउने गरी अनलाइन फाराम भर्ने व्यवस्था गर्न थालिएको उनले बताएका हुन् ।
त्रिवि पनिकाले यसअघि पनि ट्रान्सक्रिप्टका लागि अनलाइन फाराम भर्ने व्यवस्था गरे पनि सफल हुन सकेको थिएन। ‘अनलाइन फारामका लागि नयाँ सर्भर बनाएर सफ्टवेयर जोड्दैछौँ, अबको दुई हप्तामा यो काम हुन्छ। त्यसपछि विद्यार्थीले जहाँसुकैबाट अनलाइनमार्फत सेवा लिन सक्नेछन्’, परीक्षा नियन्त्रक जोशीले भने।
यो व्यवस्था भएमा ट्रान्सक्रिप्ट, पुनर्योग, चारित्रिक प्रमाणपत्रलगायत काम अनलाइनमार्फत हुनेछन्। जोशीले अनलाइन फाराम भरेका विद्यार्थीका प्रमाणपत्र पनिकाका क्षेत्रीय कार्यालयमा पठाउनेसमेत बताए।
अब विद्यार्थीले सबै प्रमाणपत्रको फाराम भर्नेदेखि प्रमाण लिनेसम्मका कामकै लागि काठमाडौं आउनु पर्दैनु, उनले भने,‘अनलाइनमार्फत फाराम प्राप्त भएपछि विद्यार्थीलाई पायक पर्ने क्षेत्रीय कार्यालयमा प्रमाणपत्र पठाउने छौँ।’
पनिकाले यसअघि सम्बन्धित क्याम्पसबाट लब्धाङ्क पत्र (मार्कसिट) प्रिन्ट गर्ने व्यवस्था गरिसकेको छ। गत भदौबाट सबै क्षेत्रीय कार्यालयबाट उत्तरपुस्तिका परीक्षणको कामसमेत सुरु भइसकेको छ। अब विस्तारै क्षेत्रीय कार्यालयबाट नै प्रमाणपत्र प्रिन्ट गरेर विद्यार्थीलाई दिने व्यवस्थासमेत गरिने पनिकाले जनाएको छ।
Comments
अरु समाचार
-
स्ववियु निर्वाचनबारे त्रिविको १३ बुँदे निर्देशन
काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिद्वारा क्याम्पस र कलेज निर्वाचन समितिलाई १३ बुँदे निर्देशन जारी...
-
अनेरास्ववियु पब्लिक युथ क्याम्पसको आयोजनामा हाजिरिजवाफ प्रतियोगिता सम्पन्न
काठमाडौं । अनेरास्ववियु पब्लीक युथ क्याम्पस कमिटिको आयोजनामा वृहत हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । अनेरास्ववियु पब्लिक युथ क्याम्पस कमिटिका...
-
केआईआईटीबाट निकालिएका नेपाली विद्यार्थी वीरगन्ज नाका हुँदै घर फर्किए
वीरगन्ज।भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयबाट कुटपिट गरि निकालिएकामध्ये १५६ जना नेपाली विद्यार्थी वीरगन्ज नाका...
-
केआइआइटी घटनाकाे समस्या समाधान नगरिए अनुमतिपत्र स्थगित गर्ने मन्त्रालयकाे चेतावनी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत छात्रा प्रकृति...
-
स्ववियूको निर्वाचन आगामी चैत ५ गते गर्ने
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन आगामी चैत ५ गते गर्ने निर्णय भएको छ । शिक्षा, विज्ञान तथा...
-
गण्डकी पब्लिक बोर्डिङ स्कुलको ‘खेलकुद कार्यक्रम’ सम्पन्न
काठमाडौं । गण्डकी पब्लिक बोर्डिङ स्कुलले वार्षिक खेलकुद कार्यक्रम–२०८१ सम्पन्न गरेको छ । काठमाडौंको म्हेँपिमा अवस्थित उक्त स्कुलले माघ २३...
-
लोकसेवा आयोगद्वारा ठूलो संख्यामा कर्मचारी माग
काठमाडौं । लोकसेवा आयोगले सातै प्रदेशका लागि कर्मचारी माग गरेको छ। आयोगले बुधबार विज्ञापन प्रकाशन गर्दै जारी गरेको सूचनाअनुसार पाँचौं...
-
हिमालय कलेज अफ इन्जिनियरिङद्वारा आयोजित ‘ह्याकाथन प्रतियोगिता र करियर फेस्ट’ सुरु
काठमााडौं । ललितपुरको च्यासलस्थित हिमालय कलेज अफ इन्जिनियरिङ्गद्वारा आयोजित ह्याकाथन प्रतियोगिता र करियर फेस्ट सुरु भएको छ । जसलाई ‘कोड...
-
त्रिविमा २०५८ यताकालाई मौका परीक्षाको अवसर (सूचनासहित)
काठमाडौं । समय सीमा कटेका कारण परीक्षा दिन नपाएका त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरूले यसपालि मौका परीक्षा दिन पाउने भएका छन्। त्रि.वि...