यमनमा अमेरिकी आक्रमणमा ३१ जनाको मृत्यु, हुथी आक्रमण अन्त्य गर्ने ट्रम्पको प्रतिबद्धता
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा सत्ता सम्हालेपछि यमनका हुथी विद्रोहीमाथि अमेरिकाले गरेको पहिलो आक्रमणमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको विद्रोहीले आइतबार बताएका छन् ।
गाजा युद्धका क्रममा इजरायल र रेड सीमा आक्रमण गरेका हुथी विद्रोहीले आक्रमणमा परी ज्यान गुमाउनेमा बालबालिका पनि रहेको बताइएको छ । विद्रोहीको कब्जामा रहेको राजधानी सानामा एएफपीका एक फोटोग्राफरले तीनवटा विस्फोटको आवाज सुनेका पुष्टि गरेका छन् ।
हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनिस अल असबहीले जारी गरेको विज्ञप्तिमा विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानाका साथै सादा, अल बेदा र राडाक्षेत्रमा भएको आक्रमणमा परी ३१ जनाको मृत्यु हुनुका साथै १०१ जना घाइते भएको उल्लेख गरिएको छ । ट्रम्पले सामाजिक सञ्जालमा ‘अत्यधिक घातक बल प्रयोग गर्ने’ प्रतिबद्धता व्यक्त गर्दै इरानलाई यमनी हुथीलाई दिइएको आफ्नो समर्थन तत्काल कटौती गर्न आदेश दिएको छ ।
हुथी विद्रोहीले आक्रमणलाई ‘बिना कुनै प्रतिक्रिया नछोडिने’ चेतावनी दिएको छ् भने इरानी विदेशमन्त्री अब्बास अराघचीले मृत्युको निन्दा गर्दै वासिङ्टनलाई आफ्नो विदेश नीति निर्धारण गर्ने ‘कुनै अधिकार’ नभएको बताएको छ । हुथी अन्सारोला वेबसाइटले ‘अमेरिका र बेलायती आक्रामकता’ र वासिङ्टनको ‘आपराधिक क्रूरता’ को निन्दा गरेको छ ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले लडाकूको तस्वीर र वमको विस्फोटका कारण भवन परिसर भत्किएको तस्बिर पोस्ट गर्दै ‘अमेरिकी हितको रक्षा गर्न, शत्रुहरूलाई रोक्न र नेभिगेसनको स्वतन्त्रता लाई पुनस्र्थापित गर्न’ ‘सटीक आक्रमण’ गरिएको बताएको छ।
घटनाबारे बेलायती अधिकारीहरूले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् । विद्रोहीको राजनीतिक ब्युरोले आफ्नो अल–मसिराह टिभी स्टेसनमार्फत् जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यमनका हाम्रा सशस्त्र बलहरू तनावको सामना गर्न पूर्ण रुपमा तयार छन् ।”
एक दशकभन्दा बढी समयदेखि यमनको अधिकांश भूभागमा नियन्त्रण जमाएका विद्रोहीहरू इजरायल र संयुक्त राज्य अमेरिकाको कट्टर विरोधी इरान समर्थक समूहहरूको ‘प्रतिरोधको महत्त्वपूर्ण’ हिस्सा हुन् । उनीहरूले गाजा युद्धको समयमा रेड सी र एडेनको खाडीको बाटो हुँदै आवतजावत गर्ने जहाजहरूमा सयौं ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेका छन् र प्यालेस्टिनीहरूसँग ऐक्यबद्धता प्रकट गरेका छन्।
पेन्टागनका प्रवक्ता सिन पार्नेलले सन् २०२३ यता हुथी विद्रोहीले अमेरिकी युद्धपोतमा १७४ र व्यापारिक जहाजमा १४५ पटक आक्रमण गरेको बताए ।
Comments
अरु समाचार
-
न्यूज नेपालले प्रकाशन गरेको ‘दीपक थापा आईजीपी बन्ने पक्का’ शीर्षकको समाचार सत्य
काठमाडौं । सरकारले नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) पदमा दीपक थापालाई नियुक्त गरेको छ । बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्...
-
मंगलबारदेखि पोखरा-छेन्दु नियमित उडान हुने
काठमाडौं । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना ७० वर्ष पुगेको अवसरमा चीनको छेन्दुबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित व्यावसायिक चार्टर उडान हुने...
-
प्रचण्डलाई भेट्न राजेश हमाल खुमलटारमा
काठमाडौं । महनायक राजेश हमाल माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका छन् । प्रचण्ड सचिवालयका अनुसार...
-
इराकमा मृत्यु भएकी महिलाको शव नेपाल ल्याउन पहल गर्न सांसद सोपकोटाको माग
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा रोजगारीका लागि इराकमा मृत्यु भएकी महिलाको शव नेपाल ल्याउन विषयमा पहल गर्न सरकार सँग माग...
-
ट्रम्प र पुटिनबीच मङ्गलबार युक्रेनबारे छलफल हुने
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग मङ्गलबार कुरा गर्ने योजना रहेको...
-
त्रिविका १७ वटा क्याम्पसमा चैत ५ गते स्ववियु निर्वाचन नहुने
काठमाडौं । विद्यार्थी सङ्गठनको आपसी द्वन्द्वका कारण त्रिभुवन विश्वविद्यालय त्रिवि अन्तर्गतका १७ वटा आङ्गिक क्याम्पसमा तोकिएको मितिमा स्वतन्त्र विद्यार्थी युनियन...
-
स्ववियु चुनाव शान्तिपूर्ण रुपमा गराउन मन्त्रालयको अनुरोध
काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निष्पक्ष एवम् तटस्थ र शान्तिपूर्ण रुपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव गराउन अनुरोध...
-
एमाले सचिवालय बैठक आज बस्दै
काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।...
-
दीपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बन्ने लगभग पक्का
काठमाडौं । दीपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बन्ने लगभग पक्का भएको छ । हाल मा कार्यरत थापा प्रहरी...