यमनमा अमेरिकी आक्रमणमा ३१ जनाको मृत्यु, हुथी आक्रमण अन्त्य गर्ने ट्रम्पको प्रतिबद्धता
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा सत्ता सम्हालेपछि यमनका हुथी विद्रोहीमाथि अमेरिकाले गरेको पहिलो आक्रमणमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको विद्रोहीले आइतबार बताएका छन् ।
गाजा युद्धका क्रममा इजरायल र रेड सीमा आक्रमण गरेका हुथी विद्रोहीले आक्रमणमा परी ज्यान गुमाउनेमा बालबालिका पनि रहेको बताइएको छ । विद्रोहीको कब्जामा रहेको राजधानी सानामा एएफपीका एक फोटोग्राफरले तीनवटा विस्फोटको आवाज सुनेका पुष्टि गरेका छन् ।
हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनिस अल असबहीले जारी गरेको विज्ञप्तिमा विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानाका साथै सादा, अल बेदा र राडाक्षेत्रमा भएको आक्रमणमा परी ३१ जनाको मृत्यु हुनुका साथै १०१ जना घाइते भएको उल्लेख गरिएको छ । ट्रम्पले सामाजिक सञ्जालमा ‘अत्यधिक घातक बल प्रयोग गर्ने’ प्रतिबद्धता व्यक्त गर्दै इरानलाई यमनी हुथीलाई दिइएको आफ्नो समर्थन तत्काल कटौती गर्न आदेश दिएको छ ।
हुथी विद्रोहीले आक्रमणलाई ‘बिना कुनै प्रतिक्रिया नछोडिने’ चेतावनी दिएको छ् भने इरानी विदेशमन्त्री अब्बास अराघचीले मृत्युको निन्दा गर्दै वासिङ्टनलाई आफ्नो विदेश नीति निर्धारण गर्ने ‘कुनै अधिकार’ नभएको बताएको छ । हुथी अन्सारोला वेबसाइटले ‘अमेरिका र बेलायती आक्रामकता’ र वासिङ्टनको ‘आपराधिक क्रूरता’ को निन्दा गरेको छ ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले लडाकूको तस्वीर र वमको विस्फोटका कारण भवन परिसर भत्किएको तस्बिर पोस्ट गर्दै ‘अमेरिकी हितको रक्षा गर्न, शत्रुहरूलाई रोक्न र नेभिगेसनको स्वतन्त्रता लाई पुनस्र्थापित गर्न’ ‘सटीक आक्रमण’ गरिएको बताएको छ।
घटनाबारे बेलायती अधिकारीहरूले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् । विद्रोहीको राजनीतिक ब्युरोले आफ्नो अल–मसिराह टिभी स्टेसनमार्फत् जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यमनका हाम्रा सशस्त्र बलहरू तनावको सामना गर्न पूर्ण रुपमा तयार छन् ।”
एक दशकभन्दा बढी समयदेखि यमनको अधिकांश भूभागमा नियन्त्रण जमाएका विद्रोहीहरू इजरायल र संयुक्त राज्य अमेरिकाको कट्टर विरोधी इरान समर्थक समूहहरूको ‘प्रतिरोधको महत्त्वपूर्ण’ हिस्सा हुन् । उनीहरूले गाजा युद्धको समयमा रेड सी र एडेनको खाडीको बाटो हुँदै आवतजावत गर्ने जहाजहरूमा सयौं ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेका छन् र प्यालेस्टिनीहरूसँग ऐक्यबद्धता प्रकट गरेका छन्।
पेन्टागनका प्रवक्ता सिन पार्नेलले सन् २०२३ यता हुथी विद्रोहीले अमेरिकी युद्धपोतमा १७४ र व्यापारिक जहाजमा १४५ पटक आक्रमण गरेको बताए ।
Comments
अरु समाचार
-
दीपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बन्ने लगभग पक्का
काठमाडौं । दीपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बन्ने लगभग पक्का भएको छ । हाल मा कार्यरत थापा प्रहरी...
-
प्रहरीका महानिरीक्षक कुँवरसहित ९ प्रहरी अधिकारी भोलिवाट अनिवार्य अवकाशमा
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरसहित नौ जना उच्च अधिकारीले सोमबारदेखि अनिवार्य अवकाश सहित सेवाबाट विदा हुने भएका छन्...
-
प्रचण्डको तस्वीर जलाउने राप्रपाका नेता पक्राउ
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाउने एकजना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्रिय...
-
प्रतिनिधिसभाको चैत १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार
काठमाण्डौ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाको आउँदो १५ गतेसम्मको ‘क्यालेन्डर’ तयार गरेको छ । हिजो बसेको ‘कार्यव्यवस्था परामर्श समिति’ को...
-
त्रिचन्द्रमा मतपत्रमा विवाद, सभापतिका उम्मेदवारले लगाए ताला
काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्ववियुका उम्मेदवारले नै निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाएका छन् । मतपत्रमा नाम गोलाप्रथाबाट राख्ने कि दर्ताको...
-
चीनसँगको सहकार्यलाई प्रगाढ बनाउँदै पारस्परिक हितमा लगानी बढाउनुपर्छ: सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्नुपर्ने...
-
क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले शपथ
काठमाडौं । क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले शपथ लिएका छन् । हालै क्यानडाको लिबरल पार्टीको नेतृत्वको चुनावमा विजयी भएपछि केन्द्रीय...
-
प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम अगामी चैत ७ गते
काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम अगामी चैत ७ गते हुने भएको छ। प्रतिनिधि सभाको बुधवारको सभामुख देवराज घिमिरेले...
-
नेपाल बारको आसन्न निर्वाचन र डीएलए नेतृत्व !
विषय प्रवेश: बहुदलीय व्यवस्थाको प्रार्दुभावसँगै प्रजातन्त्रवादी कानून व्यावसायीहरुको समूहले गठन गरेको संस्था हो, डीएलए नेपाल। हाल यसको नेतृत्व सिताराम के.सी.जी...