ट्राफिक नियम उल्लंघन गर्नेलाई अनलाइनबाटै ‘सचेतना कक्षा’
काठमाडौं । ट्राफिक नियम उल्लंघन गरेपछि लिनु पर्ने सचेतना कक्षा अब अनलाइनबाटै सञ्चालन हुने भएको छ। गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार विशेष समारोहबीच अनलाइन ट्राफिक सचेतना कक्षाको शुभारम्भ गरेका हुन्।
ट्राफिक नियम उल्लंघन गर्दा कतिपय विषयमा जरिवाना मात्रै तिराए पनि केहीमा भने अनिवार्य कक्षामा सहभागी हुनु पर्ने व्यवस्था छ। मादक पदार्थ सेवन, लेन अनुशासन उल्लंघन, रातो बत्तीको उल्लंघन, तिब्रगतिमा अनिवार्य कक्षा लिनु पर्ने व्यवस्था छ।
मादक पदार्थ सेवनमा २०६८ सालदेखि, लेन अनुशासन उल्लंघनमा २०७२, रातो बत्तीको उल्लंघनमा २०७७ र तिब्रगतिमा २०७९ देखि कक्षामा सहभागी हुनु पर्ने व्यवस्था गरिएको छ। तर अब यी सबै अनलाइन कक्षा सञ्चालन हुने भएको हो। अनलाइन कक्षामा सहभागी हुँदा मोबाइलको क्यामेराले आफ्नो फोटो खिचेको हुनु पर्नेछ।
कक्षामा सहभागी हुँदा एक मिनेटभन्दा बढी बाहिर रहन पाइने छैन। तीन पटक सचेत गराउँदै म्यासेज आएमा र अनलाइन कक्षामा सोधिने ६ प्रश्न मध्ये तीन वटाको सही जवाफ दिन नसकेमा डिसकनेक्ट गरिनेछ। १२ घण्टापछि मात्रै पुनः कक्षामा सहभागी हुन पाइने छ।
उक्त कक्षा अर्को दिन पनि पूरा नगरेमा वा सवारी दर्ता किताव र सडक इजाजतको कारबाहीमा भने सम्बन्धित कार्यालयमै उपस्थित भएर कक्षा लिनु पर्ने व्यवस्था गरिएको छ। गृहमन्त्री लेखकले नेपाल प्रहरीले नयाँ प्रविधिको प्रयोग गरेको कार्य अत्यन्तै सराहनीय भएको चर्चा गर्दै यस प्रविधिको प्रभावकारी रूपमा कार्यन्वयन गर्न र यसबाट हुन सक्ने समस्यामा पनि ध्यान दिन निर्देशन दिए।
यसअघि ट्राफिक नियम उल्लंघन गरे ट्राफिक कार्यालयमा पुगेर सचेतना कक्षामा सहभागी हुनै पर्ने व्यवस्था थियो। अब नागरिक एप मार्फत अनलाइन ट्राफिक सचेतना कक्षा लिन सकिने व्यवस्था मिलाइएको नेपाल प्रहरीको कार्य विभाग प्रमुख एआईजी सिद्धिविक्रम शाहले बताए।
नेपाल प्रहरी जनताका बिचमा लोकप्रिय बन्दै गएको तथा नागरिकको प्रहरी प्रतिको विश्वास एवम् भरोसा बढेको चर्चा गर्दै नागरिकालाई केन्द्रविन्दुमा राखेर शिष्ट व्यवहार एवम् आचरणका साथ आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्ने गृहमन्त्री लेखकले बताए।
प्रविधिको प्रयोगले कहिले काँही जोखिम र जटिलता निम्त्याउन सक्ने हुनाले प्रविधिको प्रयोग गर्दा थप सचेत भई आगामी दिनमा अझ सक्रिय भएर ट्राफिक व्यवस्थापनमा ध्यान दिन लेखकले निर्देशन दिए। कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरीले सामाजको गतिलाई ध्यानमा राख्दै आफ्नो सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई सदैव प्राथमिकतामा राखेर कार्य गर्दै आइरहेको बताए।
आगामी दिनमा पनि नागरिकको सेवा र सुरक्षाका विविध विषयहरूको पहिचान र डिजिटल प्रणालीको विकास गरी सेवा प्रवाहलाई विस्तार गर्दै लगिने आईजीपी थापाले बताए। अनलाइन ट्राफिक सचेतना कक्षा सेवाग्राहीलाई सहज हुने भएकोले सेवाग्राहीहरूको पनि पर्याप्त सहयोग हुने विश्वास उनले व्यक्त गरे।
Comments
अरु समाचार
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...
-
न्यायाधीशमाथिको आक्रमण पूर्वाग्रह र प्रतिशोधपूर्णः न्यायाधीश समाज नेपाल
काठमाडौं । न्यायाधीश समाज नेपालले मुद्दामा भएको फैसलाकै आधारमा न्यायाधीशमाथि गरिँदै आएको टिप्पणी पूर्वाग्रहपूर्ण र प्रतिशोधपूर्ण भएको जनाएको छ। समाजले...
-
निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र हाल राय...












