साक्षरता कार्यक्रम किसानमाझ प्रभावकारी बन्यो
रामपुर (पाल्पा), २५ पुस । पाल्पामा सञ्चालन भएको व्यावसायिक साक्षरता कार्यक्रम किसानमाझ प्रभावकारी बनेको छ ।
नेपालमा युएसआइडीको सहयोगमा सञ्चालन भएको व्यावसायिक साक्षरता कार्यक्रमबाट एक हजार ७१३ जना किसान लाभान्वित भएका छन् ।
सामान्य लेखपढ गर्न नसक्ने किसान नेपाली अक्षर लेख्न र पढ्न सक्ने भएका छन् ।
पाल्पाको रामपुर नगरपालिका, गल्धा, हुँगी, नायरनम्तलेस, पालुङमैनादी, चिदिपानी, चिर्तुङधारा, पोखराथोक, खस्यौली, मस्याम, तेल्घा गाविसमा ६६ वटा किसान समूह गठन गरेर साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो ।
पाँच कक्षाभन्दा कम पढेका १६ वर्षदेखि ६० वर्ष उमेर समूहका २१४ पुरुष र एक हजार ४९९ महिला किसान साक्षर बनेका हुन् ।
एक वर्षसम्म सञ्चालन भएको साक्षरता कार्यक्रमबाट किसानले सामान्य लेखपढ, आफ्नो व्यवसायको हरहिसाब गर्न सक्ने भएका छन् ।
अरुका अगाडि उठेर बोल्न र हस्ताक्षर गर्न नसक्ने रामपुरकी ५२ वर्षीया भगवती देवकोटाले हिजोआज नेपाली अक्षर राम्रोसँग पढ्न र लेख्न सक्ने हुनुभएको छ । साक्षरता कार्यक्रमबाट गाउँघरमा हुने विभिन्न कार्यक्रम, गोष्ठी, सभा समारोहमा निर्धक्कसँग बोल्न सक्ने भएका छन् ।
“लेखपढ गर्न नजान्दा सामान्य हिसाब किताबमा ठगिनु पर्दथ्यो, अहिले यी समस्याबाट मुक्त भएको छु” ५८ वर्षीया डेमा देवकोटाले भन्नुभयो । उहाँले घरमा बसेर लेखपढ गर्न थालेपछि परिवार र छिमेकी दङ्ग छन् ।
सामान्य लेखपढ, जीवन उपयोगी सिप, उद्यमशीलता सिप, कृषि, पशुपालन, बजारीकरण, बालबालिका, महिला र गर्भवतीको पालनपोषण, स्याहारसुसार, आम्दानी र बचतका कुरा किसानलाई सिकाइएको साक्षरता कार्यक्रमका अनुगमनकर्ता शिवहरि डोटेलले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
तुम्लिङटार विमानस्थलमा बाह्र दिनदेखि उडान ठप्प
काठमाडाैँ । सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ। विमानस्थल तुवाँलोले ढाकेपछि १२ दिनदेखि उडान ठप्प भएको हो। वैशाख...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिने
काठमाडाैँ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । आज दिउँसो ३ बजे...
-
अत्याधिक गर्मी बढेपछि बुटवलका विद्यालय दुई दिन बन्द
काठमाडाैँ । अत्यधिक गर्मी बढेपछि बुटवल नगरभित्रका सबै विद्यालयमा आज र भोलि बिदा दिइएको छ । उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिने...
-
मन्त्रिपरिषद विस्तारकाे तयारीमा मुख्यमन्त्री सोडारी
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका छन् । मंगलबार बझाङ उपनिर्वाचनकाे परिणाम सार्वजनिक भएलगत्तै मुख्यमन्त्री...
-
आजको राशिफल: २०८१ वैशाख १८ गते मंगलवार
मेष: भूमि,वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। काम बन्नेछ र महत्त्वपूर्ण वस्तु लाभ हुनेछ। सहयोगीहरूले...
-
विराटनगरमा विद्युतीय गाडी उत्पादन गर्न कोशी एनके मोटर्स र चिनियाँ कम्पनीबीच सम्झौता
विराटनगर । विराटनगरमा कोशी एनके मोटर्सले विद्युतीय गाडी उत्पादन गर्ने भएको छ । चिनियाँ कम्पनीसँगको साझेदारीमा एनके मोटर्सले विद्युतीय गाडी...
-
इलाम २ मा एमालेका सुहाङ १६२३ मत अन्तरले अग्रस्थानमा
काठमाडौं । इलाम २ को प्रतिनिधिसभाको उपनिर्वाचनमा हालसम्म करिब १६ हजार मतगणना भइसकेको छ । हालसम्म १० वटा वडाको गणना...
-
उपनिर्वाचनः इलाममा बिहान साढे ७ बजेदेखि मतगणना
इलाम । इलाम क्षेत्र नम्बर–२ मा आज (आइतबार) बिहान साढे ७ बजेदेखि मतगणना सुरु हुने भएको छ । शनिबार राति...