स्ववियु निर्वाचन गर्न सबै विद्यार्थी सङ्गठन तयार
काठमाडौँ, माघ ८ गते । आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न गर्न सरोकारवाला निकाय तयार रहेको बताएका छन् ।
नेपाल युवा संस्था सञ्जाल (आयोन)ले आज यहाँ आयोजना गरेको ‘स्ववियु निर्वाचनमा युवा नेतृत्वको भूमिका’ विषयक युवा संवाद कार्यक्रममा विद्यार्थी सङ्गठन र त्रिभुवन विश्वविद्यालयले आठ वर्षसम्म हुन नसकेको निर्वाचन जसरी पनि गराउनु पर्नेमा जोड दिँदै आफूहरु निर्वाचनका लागि तयार रहेको बताएका छन् ।
त्रिविका खेलकुद तथा विद्यार्थी कल्याण शाखाका कार्यकारी निर्देशक गङ्गाबहादुर थापाले स्ववियु निर्वाचन गर्न त्रिवि तयार रहेको भन्दै निर्वाचनको आवश्यक तयारीका लागि जुटिसकेको बताउनुभयो । उहाँले त्रिवि स्ववियु निर्वाचनसम्बन्धि नियम विनियम, निर्देशिका र आचारसहिंता बनाउने काममा जुटिरहेको बताउनुभयो ।
कार्यक्रममा युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले त्रिवि स्ववियु निर्वाचन गर्न सदैव तयार रहेकोले विद्यार्थी नेतृत्व तयार देखिनुपर्ने बताउनुभयो । “हिजो पनि त्रिवि स्ववियु निर्वाचन गर्न तयार थियो । आज पनि छ”–उहाँले भन्नुभयो ।
नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरले आगामी स्ववियु निर्वाचनका लागि आफ्नो सङ्गठनले पनि तयारी थालेको बताउनुभयो । उहाँले आफ्नो सङ्गठनले निर्वाचनका मापदण्डका बारेमा केही विमति राखेपनि चुनावमा जाने स्पष्ट पार्नुभयो । “२८ वर्षको उमेर हदबन्दीका कारणले चुनाव रोकिदैन’–उहाँले भन्नुभयो, “हामी चुनावभन्दा बाहिर जान सक्दैनौ । स्ववियुको अस्तित्वका लागि चुनावमा सहभागी हुन्छौँ ।”
अनेरास्ववियुका अध्यक्ष नवीना लामाले आफ्नो सङ्गठनको जित र हारको मतलब नै नगरीकन निर्वाचन गराउनु एकमात्र एजेन्डा रहेको बताउनुभयो । उहाँले सबै सङ्गठन चुनावको पक्षमा देखिएकाले चुनावलाई मर्यादित र व्यवस्थित बनाउनेतर्फ ध्यान दिइनुपर्ने बताउनुभयो ।
अनेरास्ववियु (क्रान्तिकारी)का उपाध्यक्ष गङ्गा तिमिल्सेनाले आफ्नो सङ्गठन हरेक निर्वाचनमा सहभागी हुँदै आएको भन्दै आठ वर्षदेखि हुन नसकेको निर्वाचनका लागि यसपटक गर्न आफ्नो सङ्गठन तयार रहेको बताउनुभयो ।
तराई–मधेस विद्यार्थी फ्रन्टका अध्यक्ष मनिष यादवले कुनै परिस्थितिमा पनि आगामी स्ववियू निर्वाचन सबैले मिलेर गराउनुपर्ने विचार व्यक्त गर्नु भयो ।
Comments
अरु समाचार
-
सरकारलाई दिएको समर्थन एमालेले आजै फिर्ता लिने
काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म...
-
‘उथलपुथल गर्दै लात्तिहान्ने’ उद्घोष गरेका दाहालले नै भेट्ने भए देउवा र ओलीको ‘बाघे झाप्पु’!
काठमाडौं । गत फागुन तेस्रो साता एकाएक बदलीएको सत्ता समिकरण लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले ‘उथलपुथल...
-
नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ। बुधबार बसेको कांग्रेस कार्यसम्पादन...
-
सप्तकोशीमा बहाव बढेसँगै सुनसरी र सप्तरीमा उच्च शतर्कता
काठमाडौं । सप्तकोशी नदीको बहावमा उतारचढाव सुरु भएसँगै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च शतर्कता अपनाइएको छ। जुनकुनै समयमा...
-
एमालेसँग भएकोृ सहमति अनुमोदनका लागि आज कांग्रेस बैठक
काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ । बैठकमा...
-
कृष्णमान प्रधानले १ करोड २५ लाखको चाङमुनी यौन दुर्व्यवहारको मुद्दा लुकाएको खुलासा
काठमाडौं। संवैधानिक परिषद्ले ‘जो रक्षक उही भक्षक’भनेझैँ संविधाकै हुर्मत लिएको पाईएको छ । नेपालको संविधान २०७२ को धारा २४५ को...
-
प्रधानमन्त्रीले राजीनामा दिनु उचितः एमाले अध्यक्ष ओली
काठमाडौं । वर्तमान सत्ता गठबन्धन मध्येको मुख्यघटक नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार निवासमा भेटेर...
-
निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध चार वटा उजुरी दर्ता
काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध संसदीय सुनुवाई समितिमा चारवटा उजुरी परेको छन्। सिंहदरबारमा मंगलबार बसेको संसदीय...
-
बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । एमालेसँगको सहमतिपछि देउवाले आज बिहान ९ बजे आफ्नै...