राप्रपा राष्ट्रिय अध्यक्षमा लोहनी आउने
काठमाडौँ, ११ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर जबराको समयावधि मंगलबारदेखि सकिएको छ । तत्कालीन राप्रपामा लागू गरिएको चक्रीय प्रणालीअनुसार लोकेन्द्रबहादुर चन्द, राणा र वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले क्रमशः पार्टीको नेतृत्व करिब छ –छ महिना लिने सहमति भएअनुसार चन्दले पार्टी अध्यक्षको जिम्मेवारी पूरा गरेपछि साउन ११ देखि अध्यक्ष भएका राणाले पनि छ महिनाको अवधि पूरा भएको छ । सो पार्टी र राप्रपा नेपालको एकीकरण हुनुअगावै राप्रपाको उच्चस्तरीय कार्यसम्पादन समितिको निर्णयानुसार राणाको पद मंगलबारदेखि लागू हुने गरी सकिएको हो ।
तत्कालीन राप्रपामा राणापछिको नेतृत्व वरिष्ठ नेता डा लोहनीले गर्ने सहमति भएको लोहनीका प्रेस सहयोगी जनक पाठकले जानकारी दिए। दुवै पार्टी एकीकरण हुँदा पनि सो विषयलाई प्राथमिकतामा राखिएको थियो ।
नयाँ अध्यक्षका लागि पार्टीका वरिष्ठ नेता डा लोहनीले राष्ट्रिय पदको जिम्मेवारी आजैदेखि लिनुपर्ने भए पनि पार्टी अध्यक्ष कमल थापा काठमाडौँ बाहिर रहेकाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज नबस्ने भएको छ । गत मङ्सिर ६ गते दुवै पार्टी एकीकरण भएर बनेको राप्रपाको बुधबार बस्ने बैठकले डा लोहनीलाई अध्यक्षका रुपमा अनुमोदन गर्ने पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए।
पार्टी महाधिवेशन आगामी फागुन ६ देखि ९ गतेसम्म स्थानीय भृकुटीमण्डपमा हुने भएको छ । सोका लागि आवश्यक तयारीका कार्य जारी छ । महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेकाले नयाँ अध्यक्ष डा लोहनीले करिब एक महिना मात्र पार्टीलाई नेतृत्व दिनेछन्। उनले बुधबार आफ्नो कार्ययोजना सार्वजनिक गर्नेछन्।
महाधिवेशनमा आगामी नेतृत्व सर्वसम्मत रुपमा छनोट गर्न देशभर नै सहमतिबाट प्रतिनिधि छनोटको प्रयास भइरहेको छ । पार्टीको यही माघ ७ देखि १५ गतेसम्म देशभर वडा, गाउँ र नगरको अधिवेशन जारी छ ।
महाधिवेशनका लागि पार्टी अध्यक्ष कमल थापाको संयोजकत्वमा ५०१ सदस्य रहेको एकता महाधिवेशन व्यवस्थापन मूल समारोह समिति गठन भइसकेको छ । सोही प्रयोजनका लागि प्रचारप्रसार, मञ्च व्यवस्थापन, सुरक्षा व्यवस्थापन, अतिथि स्वागत तथा व्यवस्थापनलगायत १२ उपसमिति गठन भएका छन् ।
पार्टीका नेता देवेन्द्र प्रधानका अनुसार देशभर साधारण सदस्य वितरण तथा तल्लो तहदेखि प्रतिनिधि छनोटको प्रक्रिया सुरु भइसकेको छ । आगामी फागुन २ गतेसम्म देशभरबाट प्रतिनिधि छनोट गरी केन्द्रीय निर्वाचन समितिमा नाम पठाउनुपर्ने बताइएको छ ।
Comments
अरु समाचार
-
सरकारलाई दिएको समर्थन एमालेले आजै फिर्ता लिने
काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म...
-
‘उथलपुथल गर्दै लात्तिहान्ने’ उद्घोष गरेका दाहालले नै भेट्ने भए देउवा र ओलीको ‘बाघे झाप्पु’!
काठमाडौं । गत फागुन तेस्रो साता एकाएक बदलीएको सत्ता समिकरण लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले ‘उथलपुथल...
-
नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेको छ। बुधबार बसेको कांग्रेस कार्यसम्पादन...
-
सप्तकोशीमा बहाव बढेसँगै सुनसरी र सप्तरीमा उच्च शतर्कता
काठमाडौं । सप्तकोशी नदीको बहावमा उतारचढाव सुरु भएसँगै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च शतर्कता अपनाइएको छ। जुनकुनै समयमा...
-
एमालेसँग भएकोृ सहमति अनुमोदनका लागि आज कांग्रेस बैठक
काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ । बैठकमा...
-
कृष्णमान प्रधानले १ करोड २५ लाखको चाङमुनी यौन दुर्व्यवहारको मुद्दा लुकाएको खुलासा
काठमाडौं। संवैधानिक परिषद्ले ‘जो रक्षक उही भक्षक’भनेझैँ संविधाकै हुर्मत लिएको पाईएको छ । नेपालको संविधान २०७२ को धारा २४५ को...
-
प्रधानमन्त्रीले राजीनामा दिनु उचितः एमाले अध्यक्ष ओली
काठमाडौं । वर्तमान सत्ता गठबन्धन मध्येको मुख्यघटक नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटार निवासमा भेटेर...
-
निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध चार वटा उजुरी दर्ता
काठमाडौं । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानविरुद्ध संसदीय सुनुवाई समितिमा चारवटा उजुरी परेको छन्। सिंहदरबारमा मंगलबार बसेको संसदीय...
-
बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । एमालेसँगको सहमतिपछि देउवाले आज बिहान ९ बजे आफ्नै...