ताजा समाचार

सन्नी लियोनको सनसनी मच्चाएको कण्डमको विज्ञापनको हेर्नुस् भिडियो

एजेन्सी । भारतीय अभिनेत्री सनी लियोनले खेलेको कण्डमको विज्ञापनका कारण भारतमा सनसनी मच्चिएको छ । भारतीय नेताहरुले चर्को विरोध गर्दै प्रशारण नै रोक्नुपर्ने माग समेत गरेका छन् ।

रिपब्लिकन पार्टी अफ इन्डिया ‘आरपीआइ’ की महिला विभागकी सचिव शीला गांगुर्देले विज्ञापन हेर्दा सबै महिला दर्शक लाजले भुतुक्क हुने बताइन् । विज्ञापनमा साह्रै फोहारी दृश्य रहेको भन्दै उनले घरका आमा, छोरी, दिदीबहिनी र पत्नीहरुका लागि असहज परिस्थिति सिर्जना गरिदिएको बताइन् । यही विज्ञापनका कारण उनीहरु परिवारसँग बसेर टिभी हेर्न समेत अप्ठेरो बनाइदिएको उनको भनाइ छ ।

यस्ता खालका विज्ञापन प्रसारणमा रोक लगाउन भन्दै आफ्नो संगठन समक्ष थुप्रै महिलाले उजुरी गरेको नेतृ शीला गांगुर्देले दावी गरिन । यो लगायत यस्ता खालका गर्भनिरोधकका साधनको विज्ञापन प्रसारणमा रोक लगाउनु पर्ने माग उनले बताइन ।

 

https://www.youtube.com/watch?time_continue=27&v=5fKItGSbtQM

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org