ताजा समाचार

बर्दियाको राजापुर नगरपालिकाको वडा कार्यालयमा आगजनी


बर्दिया, ३१ बैशाख । बर्दियाको राजापुर नगरपालिकाको वडा कार्यालयमा आगजनी भएको छ । राजापुर नगरपालिका १० खैरीचन्दनपुर वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । मोटरसाइकलमा आएका नचिनेका मानिसको समूहले शनिबार राति साढे १० बजेतिर नगरपालिकाको वडा नम्बर १० को कार्यालय खैरीचन्दनपुरमा आगजनी गरेको राजापुर नगरपालिकाले जनाएको छ ।

नचिनेका मानिसको समूहले कार्यालयको ताला तोडेर भित्र पसी कार्यालयका महत्वपूर्ण कागजात जलाएको वडा कार्यालयका सचिव धुब्रराज पौडेलले जानकारी दिए । कार्यालयको ढोका फोडेर भित्र पसी कागजपत्र जलाएको उनको भनाई छ ।

आगजनीबाट वडा कार्यालयको प्रशासन फाँटमा रहेका केही महत्वपूर्ण कागजपत्र जलेको ईलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ ।
आगजनी भए लगत्तै प्रहरी पुगेर रातभरि सुरक्षा प्रदान गर्नुका साथै आगजनीमा संलग्नहरुको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ । आगजनी भएको देखेपछि स्थानीय बासिन्दाले आगो निभाएका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org