ताजा समाचार

मतदानको समय सकियोः लाइन बसिसकेकाले पाउने


काठमाडौं, ३१ बैशाख । स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदान अवधि आइतवार साँझ ५ बजे समाप्त भएको छ । तर मतदान केन्द्रमा पुगेर लाइनमा बसिसकेकाहरुले भने आफ्नो मत दिन पाउने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले मतदानका लागि विहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकेको थियो ।

अधिकांश मतदान केन्दव्रमा मतदाताहरुको लाइन सकिएको छ । केही स्थानमा भने पानीका कारण छुटेका मतदाता लाइनमा रहेको आयोगले जनाएको छ । झडपका कारण स्थगित भएर पुनः मतदान सुचारु भएका मतदान केन्द्रमा भने मतदान जारी रहनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org