दोलखामा सीडीओ र डीएसपीकै सहयोगमा सत्तापक्षले बुथ कब्जा गरेको एमाले आरोप
काठमाडौं, १ जेठ । प्रमुख विपक्षी नेकपा एमालेले दोलखाका अधिकांश मतदान केन्द्रमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखकै सहयोगमा सत्तारुढ गठबन्धनले बुथ कब्जा गरेको भन्दै पुनः मतदानको माग गरेको छ । मतदान सम्पन्न भएपछि एमाले महासचिव ईश्वर पोखरेल र सचिव योगेश भट्टराईले फेसबुक लाइभमार्फत तामाकोशी र बैत्यश्वर गाउँँपालिकाका आधा दर्जनभन्दा बढी मतदान केन्द्रमा पुनःनिर्वाचनको माग गरेका हुन् ।
महासचिव पोखरेलले भने, ‘दोलखामा धेरै ठाउँमा मतदातालाई मतदान गर्नबाट बञ्चित गरी सत्तापक्षले कब्जा गरेको छ । एमालेका उम्मेदवारले सुरक्षा माग्दा सुरक्षाकर्मीले उल्टै बुथ कब्जा गर्न सघाएका छन् । त्यहाँका सिडिओ र डीएसपी अत्यन्त उद्दण्ड ढंगले प्रस्तुत भएकाले हामी गम्भीर बनेका छौं । निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने सन्दर्भमा उनीहरुको भूमिका सकारात्मक रहेन ।’
दोलखाको घटनाबारे आफूले प्रमुख निर्वाचन आयुक्तसँग कुरा गरेको र पुनः मतदानका लागि ध्यानाकर्षण गराएको पोखरेलले बताए । ‘गोली चलाएर हत्या गरिएको छ, बाहिरबाट लगिएका पेशेवर गुण्डाहरुबाट बन्दूक लगायत घरेलु हतियारबाट उम्मेदवार र मतदातामाथि आक्रमण गरेर लेखेटिएको छ’ पोखरेलले भने निर्वाचन आयोगले यो कुरा बुझेर प्रक्रियासँगत ढंगले पुन मतदान गराउनुपर्छ,नत्र स्वीकार्य छैन ।’
Comments
अरु समाचार
-
विपद्जन्य सूचनाहरू हेलो सरकारको ह्वाट्सएप नम्बरमा जानकारी दिन आग्रह
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कुनै पनि ठाउँमा बाढी, पहिरो र डुबानका कारण समस्या भएमा खबर गर्न सर्वसाधारणमा आग्रह...
-
अपडेट: बाढी, पहिरो र डुबानमा परेर ८७ जनाको मृत्यु, ७२ जना बेपत्ता
काठमाडौं । तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिलेसम्म ८७ जनाको मृत्यु भएको छ । सशस्त्र...
-
पहिरोमा पुरिएका दुई बसबाट १४ जनाको शव निकालियो, अरु पनि पुरिएको आशंका
काठमाडौं । काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ । शनिबार बिहान पहिरो जाँदा...
-
अपडेट: वर्षा सँगैको बाढीपहिरोका कारण नौ जनाको मृत्यु
काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ९ जनाको मृत्यु भएको छ । बाढीपहिरालगायत विपदमा परी...
-
जीबी राई कहिल्यै पनि एपीवान टीभीको सञ्चालक नरहेको अन्नपूर्ण मिडिया प्रालिको दाबी
काठमाडौं । गितेन्द्रबाबु (जीबी) राई नामक व्यक्ति कहिल्यै पनि एपीवान टेलिभिजनको सञ्चालक नरहेको अन्नपूर्ण ब्रोडकाष्ट मिडिया प्रालिले दाबी गरेको छ...
-
पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध
१२ असोज, काठमाडौं । अत्याधिक वर्षाका कारण पहिरो जाँदा र सडक भासिँदा नारायणगढ-मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ । नौकिलो...
-
पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन, २ जनाको मृत्यु
काठमाडौं । काभ्रेको पनौतीमा पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन भएका छन् । पनौती नगरपालिका ११, थुम्कीमा शनिबार बिहानै...
-
नेपाल वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रुपमा सम्मानित
काठमाडौं । नेपाल वायुसेवा निगम धेरै विदेशी मुद्रा आर्जन गर्ने एयरलाइन्सको रुपमा सम्मानित भएको छ । ४५ औँ विश्व पर्यटन...
-
पाथीभरा केबलकारमा सतप्रतिशत स्थानीयलाई रोजगारी दिइने छ: अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ताप्लेजुङ पाथीभरा केबलकारमा सतप्रतिशत स्थानीयहरुलाई रोजगारी दिने बताएका छन् । ताप्लेजुङ...