ताजा समाचार

नवलपरासीमा मतगणना जारीः ४ स्थानीय तहमा एमाले अगाडि, काँग्रेस १ मा


नवलपरासी, १ जेठ । नवलपरासीमा मतगणना जारी छ । तीन स्थानीय तहमा एमालेले अग्रता लिएको छ भने एकमा कांग्रेस अगाडि छ । कावासोती नगरपालिकामा कांग्रेसले अग्रता लिएको छ । यो समाचार तयार पार्दासम्म कांग्रेसका मेयरका उम्मेदरवार महेन्द्र पोखरेलले १२७ मत पाएका छन् भने उपमेयरमा खागिसरा गरुङले १२१ मत पाएकी छन् । एमालेका मेयरका उम्मेदवार चन्द्रा पुनले १२१ मत पाएकी छनु भने प्रेमशंकर मर्दनियाले १२१ मत पाएका छन् ।

देवचुली नगरपालिकामा एमालेले अग्रता लिएको छ । उसका मेयरका उम्मेदवार हरिप्रसाद न्यौपानेले ३५९ मत पाएका छन् भने कांग्रेसका पूर्णकुमार श्रेष्ठले २५८ मत पाएका छन् । गैडाकोटमा पनि एमाले अगाडि छ । मेयरमा एमालेका छत्रराज पौडेलले २९४ मत पाएका छन् भने कांग्रेसका गजेन्द्र ओलेले २२२ मत पाएका छन् ।

विनयी गाउँपालिकाको प्रमुखमा एमालेका लक्ष्मण पाण्डेले २८१ मत पाएका छन् भने उपमेयरमा तारा विकले ३७७ मत पाएकी छन् । कांग्रेसका डम्बर जिसीले १५४ मत पाउँदा उपप्रमुखमा मीना रानाले ६६० मत पाएकी छन् । यसैगरी मध्यविन्दु नगरपालिकाको मेयरमा एमालेका भीमलाल अधिकारीले १६२ मत पाउँदा कांग्रेसका चन्द्रबहादुर रानाले ११८ मत पाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org