ताजा समाचार

धादिङमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, तीन एमाले कार्यकर्ता गम्भीर घाइते


धादिङ, १ जेठ । धादिङमा एमाले र काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ५ मा गएराति कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको प्रहरीले जनाएको छ । झडपमा एमालेका तीन कार्यकर्ता गम्भीर घाइते भएका छन् ।
निर्वाचन परिणाम आफ्नो पक्षमा आइसकेको भन्दै कांग्रेसका कार्यकर्ताले गएराति आक्रमण गरेको एमाले कार्यकर्ता भिमबहादुर थापाले जनाएका छन् । कांग्रेसको वडा अध्यक्षको उम्मेदवार हस्तबहादुर थापा मगरको नेतृत्वको टोलीले गरेको आक्रमणमा परि एमाले कार्यकर्ताहरु ललित थापा मगर, गणेश थापा मगर र राजेन्द्र थापा मगरलाई गम्भीर घाइते भएका छन् ।

झडपका क्रममा कांग्रेस कार्यकर्ता मिलन भन्ने धनबहादुर मगर पनि घाइते छन् । घाइतेहरुलाई हिजैराति धादिङ बेसीबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि काठमाडौं ल्याएको छ । कांग्रेस कार्यकर्ताले खुकुरी, रड, तरबार जस्ता घरेलु हतियार प्रयोग गरी आक्रमण गरेको पीडितले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org