ताजा समाचार

मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरोले प्रहरीको भ्यान पुरिदाँ २ जनाको मृत्यु, २ वेपत्ता

चितवन, ९ असार । मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो जाँदा प्रहरीको भ्यान पुरिएको छ । कालीखोलामा गएराति गएको पहिरोले प्रहरीको भ्यान पुरिँदा दुई जनाको ज्यान गएको छ । अन्य दुई प्रहरी वेपत्ता छन् । सोही स्थानमा एउटा मालवाहक ट्रक पनि पहिरोमा पुरिएको छ । मुग्लिन–नारायणगढ सडकखण्ड गएराति ११ बजेदेखि नै पहिरोले अवरुद्ध छ ।

पहिरोले सडक बन्द भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी असईको नेतृत्वमा पहिरोको अवस्था बुझ्न कालीखोला आएको थियो । ट्रक समेत पुरेको ठूलो पहिरो झरेको रिपोर्टिङ गरेर प्रहरीहरु फर्किँदै थिए । सोही क्रममा माथिबाट झरेको पहिरोले प्रहरीको भ्यान पुरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घटनास्थलबाट दुई जना प्रहरीको शव निकालिएको छ । भ्यानमा रहेका अन्य दुईजनाको खोजी भइरहेको छ । पहिरो पन्छाउने र प्रहरीलाई खोज्ने काम सँगसँगै अघि बढाइएको चितवन प्रहरीले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org