पाँच दिनमा सेलीब्रेटी बनेका हवल्दार दुर्गाबहादुर रानालाई बम फाल्ने आँट यसरी आयो
काठमाडौं, २० असार । मान्छेको जिवनमा कहिले के हुन्छ कसैलाई थाहा हुँदैन । त्यस्तै भयो ५ दिनका लागि दाङ काज खटिएका दुर्गाबहादुर सुवेदीको हकमा पनि । काठमाडौंबाट दाङ खटिँदा सामान्य हवल्दार थिए ५ दिनपछि फर्किंदा सेलीब्रेटी पनि भएका छन् । आजको नेपाल समाचरपत्रमा खबर छ ।
कुरा उनै बम समातेर फाली सर्वसाधारण जनताको ज्यान जोगाउने हवल्दार दुर्गाबहादुर रानाको हो । कसरी बम समातेर फाल्ने आँट आयो भन्ने प्रश्नमा उनले भने, प्रहीले दिएको जिम्मेवारी पूरा गर्न म सहित ६७ जनाको टिम दाङ पुगेका थियौं । र, मलाई तुलसीपुरस्थित अम्बास मतदान केन्द्रमा खटाइयो ।
बिहान नौ बजेसम्म केही पनि भएको थिएन । साढे ९ बजे बुथ केन्द्रमै पुग्ने गरी पूर्व दक्षिण भागबाट बम आयो । त्यस ठाउँमा हुस्सु लागेको थियो । कसले बम फाल्यो भन्ने थाहा हुन सकेन । बम खस्न लागेको मात्र देखें । मलाइ बमसम्बन्धी सामान्य जानकारी थियो । त्यो सकेट बम रहेछ ।
जति टाढा फाल्यो उति सुरक्षित भइन्छ भनेर आत्माले सोच्यो । र बम हातमा समात्नेबित्तिकै फाल्दिहालें । फालेको दुई(तीन सेकेन्डमा निकै ठूलो आवाजले पड्कियो । र सबैले सहज तरिकाले मतदान गर्नुभयो ।
Comments
अरु समाचार
-
नेपाल प्रहरीका ४१ एसपीको सरुवा (सूचीसहित)
काठमाडौं । सरकारले केही प्रहरी उपरीक्षकहरुको सरुवा गरेको छ । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको...
-
जुवातास खेलाउने अभियुक्तलाई सामान्य धरौटीमा छुटाउने खेल, अभियुक्तले किर्ते नागरिकता समेत लिएको खुलासा
काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको गत असोज ४ गते काठमाडौं महानगरपालिका वडा नं ६ बौद्वको फुलवारी...
-
त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविवि)ले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको...
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...
-
मुखमा मास्क र कालो टेप लगाएर दुर्गा प्रसाइँ पक्राउविरुद्ध प्रदर्शन
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।...
-
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र...
-
आगलागीबाट ३५ लाख बराबरको क्षति
काठमाडौं । यहाँको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त...
-
चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन
काठमाडौं । चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । निमित्त प्रहरी महानिरीक्षक (प्रहरी अतिरिक्त महानिरीक्षक) टेकप्रसाद राईले...
-
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट
काठमाडौं । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट...