ताजा समाचार

अविरल वर्षासँगै आएको बाढीले सप्तरीका विभिन्न ठाउँ डुबानमा, बाँध बाध्न सेना परिचालन

सप्तरी, २१ असार । लगातारको अविरल वर्षा कारण आएको बाढीले सप्तरीका विभिन्न ठाउँ डुबानमा परेका छन् । खाडो खोला, महुली, सुन्दरी र दूधेला खोलामा आएको बाढीका कारण तिरहुत गाउँपालिका, कंचनरुप नगरपालिका, रुपनी गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, तिलाठी कोइलाडी गाउँपालिकाका विभिन्न गाउँ डुवानमा परेका जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

कञ्चनरुप नगरपालिका– ५ रघुनाथपुरका चार घर बाढीमा परेको छ । यस्तै तिरहुत गाउँपालिकाको मैनाकडेरी र भेरिया धेरै जोखिममा परेको छ । खाँडो खोलाको बाढीले रुपनी गाउँपालिकाको बसबिट्टीमा रहेको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रसमेत जलमग्न भएको छ । औद्योगिक क्षेत्रको पर्खाल भत्काएर बाढी भित्र पसेको स्थानीयबासिन्दाले बताएका छन् ।

यस्तै महुली खोलामा आएको बाढीले पोर्ताहा ४, ६, ७, र ८ का झण्डै तीन सय भन्दा बढी घर डुबानमा पर्ने खतरा छ । सुन्दरी खोलाको बाँध भत्किदा लोहजारमा रहेका घरसमेत डुबानमा परेको छ भने तिलाठी कोइलाडी गाउँपालिको तिलाठी पनि खाँडो खोलाको बाढीले जलमग्न भएको छ ।

यसअघि सख्खरपुरा हुँदै बहने खोलाले धार परिवर्तन गर्दै तिलाठीतर्फ बग्दा त्यहाँ जोखिम बढेको हो । त्यहाँ बाँध बाँध्न तिलाठीका बासिन्दाले नै अवरोध गरेका सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए । बाँध बाँध्ने क्रममा जग्गाको मुआब्जा माग्दै स्थानियबासिन्दाले अवरोध गरेका थिए ।

यसैबिच महुली खोलामा आएको बाढीले भत्काएको बाँध बनाउन सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । सेनाका ७०, सशस्त्रका ५० र नेपाल प्रहरीमा २० जना बाँध निर्माणमा खटिएको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org