ताजा समाचार

चिडियाघरमा रहेका बाघ सातामा एक दिन निराहर व्रत, शनिवार केही पनि खादैंनन्

काठमाडौं, २९ असार । चिडियाघरमा रहेको बाघ सातामा एक दिन निराहार व्रत बस्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर आश्चर्य नमान्नुस् । चिडियाघरमा रहेको दुईवटा पाटेबाघ कान्छा र बांगे सातामा एक दिन निराहार व्रत बस्छन् ।

बाघलाई आहाराका रुपमा हरेक दिन ११ देखि १२ बजेसम्म ६/६ केजीको दरले १२ केजी राँगाको ताजा मासु दिने गरिएको जीवकिपर बाबुकाजी महर्जन बताउँछन् । सातामा ६ दिन नियमित दिए पनि शनिबार दुवै बाघलाई निराहार राखिने गरेको छ । ३८ वर्षदेखि जीवकिपरको काम गर्दै आएका महर्जन भन्छन्, ‘उनीहरुको पाचन प्रणाली तथा स्वास्थ्यका लागि सातामा एक दिन निराहार राख्ने गरिएको राजधानी दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org