सङ्घ, प्रदेश र स्थानीय तहमा ‘भाषा प्रोफाइल’ निर्माण गरिने
काठमाडौं, ३० असार । भाषा आयोगले मुलुकको नयाँ संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा ‘भाषा प्रोफाइल’ निर्माण गर्ने भएको छ ।देशका ७४४ वटै स्थानीय तहमा कुन भाषा प्रचलनमा छ, कुन भाषालाई सम्पर्क भाषा तथा सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्न सकिन्छ भनेर अनुसन्धान गर्नका लागि सो प्रोफाइल निर्माण गर्न लागिएको छ । प्रारम्भिक अध्ययन तथा अनुसन्धानका साथै छलफल भएको भए पनि सो कार्य आव २०७४र७५ भित्र सम्पन्न गर्ने योजना छ ।
प्रत्येक तहमा स्थानीयवासीको मातृभाषा के छ ? उनीहरुले बोल्ने दोस्रो भाषा कुन हो ? त्यसका आधारमा अध्ययन गरी सरकारलाई आयोगले सिफारिस गर्ने आयोगका अध्यक्ष लवदेव अवस्थीले जानकारी दिनुभयो । आयोगले भाषामा प्रविधिको प्रयोग गरी सङ्कटमा परेका भाषाको संरक्षण गर्ने भाषा समूहको स्थानीय र राष्ट्रिय सञ्जाल निर्माण गर्ने, अन्तर–भाषा अनुवाद प्रविधि विकास गर्ने लक्ष्य राखेको छ ।
आयोगका सचिव रामशरण सापकोटाले भाषा अभिलेखालय र सङ्ग्रहालय विकास गरी भाषाको लिपि, शब्द भण्डार र ब्याकरण निर्माण गर्न आयोगले सरकारी निकाय, विश्वविद्यालय, प्रतिष्ठान, भाषाका वक्ता समुदाय र विज्ञहरुसित छलफल गरिरहेको बताउनुभयो ।
देशका १, ३, ४, ५, ६ र ७ गरी छवटा प्रदेशमा स्थानीय तहदेखि नै छलफल सम्पन्न गरेको आयोगले जनाएको छ । केही हप्ताभित्र प्रदेश नं २ मा पनि यस किसिमको छलफल गरिनेछ । भाषागत तथ्याङ्क सङ्कलन गरी अद्यावधिक गर्ने कार्य सो आयोगको उच्च प्राथमिकतामा रहेको छ । रासस
Comments
अरु समाचार
-
निर्वाचन आयोगद्वारा स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । आयोगले आज एक सूचना...
-
प्रधानमन्त्रीओली र विश्व बैंकका अध्यक्ष बंगाबिच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्र संघको ७९ औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र विश्व बैंक समूहका अध्यक्ष अजय बंगाबिच भेटवार्ता...
-
साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल सञ्चालन
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ...
-
उपप्रधानमन्त्री विष्णु पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच बेइजिङमा भेटवार्ता भएको छ । भेटवार्ताका अवसरमा दुई...
-
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन
काठमाडौं । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०–८१ मा रु ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९÷८० को...
-
सुनको मूल्यले नयाँ कीर्तिमान
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको...
-
काठमाडौंमा भोलि तेस्रो चीन-नेपाल मिडिया सम्मेलन हुँदै, अन्तर्राष्ट्रिय विषयवस्तुमा छलफलमा केन्द्रित
काठमाडौँ, असोज ९ गते । दक्षिण एसिया नेटवर्क टेलिभिजन तथा नेपाल चाइना मिडिया फोरमद्वारा आयोजित 'चीन नेपाल मिडिया सम्मेलन २०२४'...
-
बाबुको हत्या अभियोग छोरा पक्राउ
काठमाडौं । आफ्ना बाबुको हत्या अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले हिरासतमा लिएको छ । निजमाथि ६५ वर्षीय पिता...
-
के तपाई भिजिट र पर्यटक भिसामा विदेश गएर काम गर्न खोज्दै हुनुहुन्छ ? सचेत हुन विभागको आग्रह
काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत रहेको अध्यागमन विभागले भिजिट र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी...