ताजा समाचार

डसनाभित्र लुकाएको ९६२ एम्पुल लागुऔषधसहित एक जना पक्राउ

काठमाडौं, ३० असार । प्रहरीले डसनाभित्र लुकाएको आगुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले ९६२ एम्पुल लागुऔषधसहित रौतहटको गौर नगरपालिका ३ बस्ने अमित कुमारलाई पक्राउ गरेको हो ।

अमितले गौरबाट काठमाडौं आउँदै गरेको बा ३ ख ६१४३ नम्बरको बसको डिकीमा डसनाभित्र लुकाएर लागुऔषध काठमाडौं प्रवेश गराउन खोज्दा प्रहरीले पक्राउ गरेको हो । अमितको लुकाएर ल्याएको डाइज्यल्याव ३२५ एम्पुल, फेनार्गन ३२५ एम्पुल र नुफिर्न ३१२ एम्पुल गरी ९६२ एम्पुल लागुऔषध बरामद गरिएको नागढुंगा प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org