ताजा समाचार

रामेछापमा भीषण वर्षापछि आएको बाढीले पुल र घर बगायो, ठूलो क्षती भएको अनुमान

रामेछाप, १ साउन । रामेछापमा भीषण वर्षापछि आएको बाढीले पुल र केही घर बगाएको छ । जिल्लाको गोकुलगंगा र लिखु गाउँपालिकाको सीमानामा रहेको छत्याउने खोलाको बाढीले पुल र घर बगाएको प्रहरीले जनाएको छ । मध्यराति आएको बाढीले भर्खरै निर्माण गरिएको पक्की पुल र खोला किनाराका केही घर बगाएको घटनास्थलमै रहेकी लिखु गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहालले जानकारी दिईन् । उनका अनुसार ६ जना स्थानीयलाई घाइते अवस्थामा उद्दार गरिएको छ ।

बाढीले बगाएको क्षेत्रमा खाजा खाने होटललगायत घरहरु रहेकाले र केही बेपत्तासमेत भएकाले घटनामा ठूलो क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाको खबर पाएलगत्तै उद्धारका लागि इलाका प्रहरी कार्यालय खिम्तीको टोली पुगेको छ ।

घटना भएको क्षेत्र सदरमुकाम मन्थलीबाट करिब ११ किलोमिटरको दूरीमा छ । बाढीले सवारी तर्ने पुल बगाएपछि उत्तरी रामेछाप, ओखलढुंगा, सोलु र जिरीसँगको सडक सम्बन्ध विच्छेद भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org