अबदेखि १.५ इन्चको पीच अनिवार्य, एक वर्षसम्म बाटो भत्किए ठेकेदारकै पैसाले बनाईने
ललितपुर, १ साउन । ललितपुर महानगरपालिकाले महानगरक्षेत्र भित्र बन्ने सडकमा १.५ इन्चको पीच अनिवार्य हुनुपर्ने प्रावधान राखेको छ । महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले शनिबार आयोजना गरिएको पहिलो नगरसभालाई सम्बोधन गर्दै ठेकेदारसँग सम्झौता गर्दा नै यस्तो सम्झौता गर्ने नीति महानगरपालिकाले अवलम्बन गर्ने बताएका हुन् ।
कमसल खालको पीच गर्दा एक महिनाभित्र नै भत्किने र खाल्डाखुल्डी हुने समस्या आएपछि महानगरपालिकाले यस्तो नीति अवलम्बन गरेको हो । अब ठेकेदारले एक वर्षसम्म पूरा भुक्तानी पनि नपाउने भएका छन् । सडक निर्माण गरेको एक वर्ष भित्र नै खाल्डा खुल्डी हुने र पीच उप्किन थाल्यो भने ठेकेदारले पाउने पैसाबाट नै सडकको ममर्तत गरिने उनले बताए ।
यसैबीच नगरको घनावस्ती तथा ऐतिहासिक पर्यटकीय स्थलहरुमा पीच गर्न र ढलान विच्छ्याउन प्रतिबन्ध लगाईएको छ । त्यस्ता बस्तीहरुमा आवश्यकता अनुसार जतिसक्यो छिटो ईट्टा, ढुंगा र ब्लकहरु छाप्ने कार्यलाई निरन्तरता दिईने पनि प्रमुख महर्जनले जानकारी दिए ।
त्यस्तै, सडक विस्तार गर्ने सम्बन्धमा खानेपानी ढल तथा विद्युतको पोल स्थापित भईसकेको सडकलाई स्तरोन्नती एवं निर्माणमा प्राथमिकता दिईने र गुणस्तर नियन्त्रण गर्न कालोपत्रे गर्ने कार्यको ल्याव टेस्ट प्रतिवेदन अनिवार्य रुपमा पेश गर्ने व्यवस्थालाई निरन्तरता दिईने पनि प्रमुख महर्जनले जानकारी दिए ।
Comments
अरु समाचार
-
प्रधानमन्त्रीओली र विश्व बैंकका अध्यक्ष बंगाबिच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्र संघको ७९ औं महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र विश्व बैंक समूहका अध्यक्ष अजय बंगाबिच भेटवार्ता...
-
साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल सञ्चालन
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ...
-
उपप्रधानमन्त्री विष्णु पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच भेटवार्ता
काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनका उपप्रधानमन्त्री हि लिफेङबिच बेइजिङमा भेटवार्ता भएको छ । भेटवार्ताका अवसरमा दुई...
-
तनहुँ मालपोतद्वारा ३६ करोड राजस्व सङ्कलन
काठमाडौं । मालपोत कार्यालयले आर्थिक वर्ष २०८०–८१ मा रु ३६ करोड राजस्व सङ्कलन गरेको छ । यो आव २०७९÷८० को...
-
सुनको मूल्यले नयाँ कीर्तिमान
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको...
-
काठमाडौंमा भोलि तेस्रो चीन-नेपाल मिडिया सम्मेलन हुँदै, अन्तर्राष्ट्रिय विषयवस्तुमा छलफलमा केन्द्रित
काठमाडौँ, असोज ९ गते । दक्षिण एसिया नेटवर्क टेलिभिजन तथा नेपाल चाइना मिडिया फोरमद्वारा आयोजित 'चीन नेपाल मिडिया सम्मेलन २०२४'...
-
बाबुको हत्या अभियोग छोरा पक्राउ
काठमाडौं । आफ्ना बाबुको हत्या अभियोगमा औरही गाउँपालिका–३ खजनपुरका शैलेन्द्रकुमार यादवलाई प्रहरीले हिरासतमा लिएको छ । निजमाथि ६५ वर्षीय पिता...
-
के तपाई भिजिट र पर्यटक भिसामा विदेश गएर काम गर्न खोज्दै हुनुहुन्छ ? सचेत हुन विभागको आग्रह
काठमाडौं । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत रहेको अध्यागमन विभागले भिजिट र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी...
-
युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
काठमाडौँ, ९ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको...