ताजा समाचार

मध्यरातमा ९४ इन्स्पेक्टरको डिएसपीमा बढुवा सिफारिस, को को परे ?

काठमाडौं, ३ असार । जनपथ प्रहरी समूहतर्फ ९४ जना प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरीक्षक (डिएसपी) पदमा बढुवाको लागि सिफारिस गरिएको छ । यसअघि ३५ जना डिएसपीलाई एसपीमा, २५ जना एसपीलाई एसएसपीमा, ११ डिआइजीलाई एआइजीमा र १५ एसएसपीलाई डिआइजीमा बढुवाका लागि सिफारिस गरिएको थियो ।

बढुवा सिफारिस समितिको साउन २ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो। समितिको निर्णयपछि सोमबार मध्यरातमा सिफारिशको सूची प्रकाशन गरेको छ। सूची अनुसार कूल ९३.४२०८ अङ्कका साथ नवराज मल्ल पहिलो नम्बरमा छन्। त्यसैगरी ९३.३४०० अङ्कका साथ डिलबहादुर मल्ल दोस्रो र ९१.५६९२ अङ्कका साथ नरेन्द्र कुँवर तेस्रो नम्बरमा छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org