ताजा समाचार

UPDATE: पूर्वराजा ज्ञानेन्द्रको एनजीओप्लाष्टी गरियो, केही दिन अस्पत्तालमै रहने

काठमाडौं, ४ साउन । मुटुको धमनीमा अवरोध आएपछि नर्भिकमा भर्ना भएका पूर्वा राजा शाहको एनजीओप्लाष्टी गरेर अवरोध खोलिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । पूर्वराजा शाहको उपचारमा डा. यादव भट्ट नेतृत्वको टोली संलग्न छ । टोलीमा डा. शिवजीविक्रम शिलवाल, डा. शेखर राजभण्डारी, डा. नमा श्रेष्ठ रहेका छन् ।

धमनीमा सामान्य अवरोध देखिएकाले एनजीओप्लाष्टी गरिएको नर्भिक अस्पतालका नायव महाप्रवन्धक आरपी मैनालीले जानकारी दिए । पूर्वराजा शाहको स्वास्थ्य अहिले सामान्य छ । उनलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने र आराम गर्नुपर्ने चिकित्सकहरुले बताएका छन् । नियमित स्वास्थ्य जााचको लागि अस्पताल पुगेका शाहलाई चिकित्सकहरुले भर्ना हुन सुझाव दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org