ताजा समाचार

शारीरिक सम्बन्धबारे थाहा पाएपछि बलात्कार गर्दै हत्या गरेको आरोपमा तीन जना पक्राउ

महोत्तरी, ५ साउन । बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले एक महिलाको बलात्कारपछि हत्या गरेको आरोपमा एक महिलासहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लोहारपट्टी गाउँपालिका–१ का ४६ बर्षीय बरुणकुमार यादव र जिबरुल राईन तथा भंगहा गाउँपालिकाकी ३७ बर्षीया अमृता देवी दास रहेका छन् ।

उनीहरुलाई हरिहरपुर हरिणमरीकी ३५ वर्षीया शिला देवीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । यादव र दासबीचको शारीरिक सम्बन्धबारे थाहा पाएकी शिलादेवीले गाउँमा हल्ला फैलाएको भन्दै उनीहरुले हत्या गरेको खुलासा भएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले जानकारी दिए ।

शिलादेवीको शव गत वैशाख २० गते गाउँ नजिकै नांगो र दुवै हात पछाडि बाँधिएको अवस्थामा फेला परेको थियो । बरुण र अमृताले बदला लिन राईनसहितका ब्यक्तिलाई रकम दिएर शिलादेवीको हत्या गराएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि बलात्कार र हत्याको आरोपमा मुद्दा दर्ता गरी आवश्यक कारबाही थालिएको प्रहरी उपरीक्षक लम्सालले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org