ताजा समाचार

माइतीबाट घर फर्किने क्रममा बेपत्ता महिलाको अर्धनग्न अवस्थामा शव फेला

खोटाङ, ६ साउन । दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्मा मृत फेला परेकी छन् । माइतीघरबाट घर फर्कने क्रममा सम्पर्कविहीन भएकी विश्वकर्मा बिहीबार जन्तेढुङ्गा गाउँपालिका–३ काहुलेस्थित नेप्टे भन्ने जंगलमा नग्न अवस्थामा मृत भेटिएकी हुन् ।

विश्वकर्माको शव सडकभन्दा करिब ५०० मिटर तल कम्मर मुनिको कपडा नभएको अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक पप्पु नायकले बताए । माइतीघर जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खु शिवालयबाट घर फर्कने क्रममा विश्वकर्मा बुधबारदेखि परिवारसँग सम्पर्कविहीन बनेकी थिईन् । मृतक महिलाका श्रीमान् भने वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेको स्थानीयवासीले बताएका छन् । विश्वकर्मा दम्पतीका एक छोरा र पाँच छोरी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org