उच्च अदालत दिपायलको फैसलाः अछामको चौरपाटी गाउँपालिका अध्यक्षमा हर्कबहादुर नै
डोटी, ९ साउन । अछामको चौरपाटी गाउँपालिकाको अध्यक्षमा एमाले नेता हर्कबहादुर साउँदलाई विजयी भएका छन् । उच्च अदालत दिपायलले साउँदलाई गाउँपालिका अध्यक्षमा घोषणा गरेको हो । चौरपाटी गाउँपालिका २ निवासी नेपाली कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार भिमबहादुर साउदले आफ्नो गाउँपालिकाको पुनः मतगणना गरी पाउँ भनी उच्च अदालत दिपायलमा निवेदन दर्ता गरेका थिए ।
रिट निवेदनमाथि प्रारम्भिक सुनुवाईमा गत असार २३ गते उच्च अदालत दिपायलले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ४१ (२), ४२, ४३ र ४४ तथा उच्च अदालत नियमावली २०७३ को नियम ४१ (१ं) (क) बमोजिम एमाले उम्मेदवार हर्कबहादुर साउँदलाई अध्यक्षको हैसियतले काम नगर्नरनगराउन अन्तरीम आदेश जारी गरेको थियो ।
न्यायाधिशद्वय चित्रदेव जोशी र शेखरचन्द्र आचार्यको संयुक्त ईजलासले रिट निवेदकको दावी नपुग्ने भन्दै रिट निवेदन खारेज गरेको छ । न्यायालयको उक्त निर्णयसंगै अछाम चौरपाटीमा एमाले नेता साउँद नै अध्यक्ष हुने भएका छन् ।
आइतबारको बहसमा रिट निवेदकको तर्फबाट पूर्वमहान्याधिवक्ता बाबुराम कुँवर र बिपक्षीका तर्फबाट अधिवक्ताहरु टिकाराम भट्टराई, प्रबल शर्मा समेतले बहस गरेका थिए । निर्वाचन आयोगको तर्फबाट सहन्यायाधिवक्ता टेकबहादुर घिमिरे र उपन्यायाधिबक्ता दमन सिंह बिष्टले बहस गरेका थिए ।
चौरपाटी गाउँपालिकाको मतगणनामा एमालेका उम्मेदवार साउदले ३ हजार १३८ मत प्राप्त गरेका थिए । उनलाई निर्वाचन अधिकृतको कार्यालयले बिजयी घोषणा गरेको थियो । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार भिमबहादुर साउदले ३ हजार १३७ मत प्राप्त गरेका थिए । मतगणनाको परिणाम अनुसार दुई उम्मेद्वारबीच एक मतको मात्रै फरक रहेको थियो ।
कांग्रेसका साउदले मतगणक तथा निर्वाचन अधिकृतको मिलेमतोमा आफूले पाएको मत घटाई एमाले उम्मेदवारलाई विजयी गराएको आरोप पुनः मतगणनाको आदेश गरिपाउन उच्च अदालतमा रिट निबेदन दिएका थिए ।
Comments
अरु समाचार
-
एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग नेपालको लज्जास्पद हार
काठमाडौं । नेपालले एएफसी यु–२० एसियन कप छनोटको तेस्रो खेलमा उज्वेकिस्तानसँग लज्जास्पद हार खेपेको छ । चाइनिज ताइपेईमा जारी छनोटअन्तर्गत...
-
अध्यागमनको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक...
-
बङ्गलादेशले लगायो पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध
काठमाडौं । बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिक (पोलिथिन एण्ड पोलिप्रोपाइलिन ब्याग) झोला राख्न प्रतिबन्ध लगाइएको छ । यो निर्णय अक्टोबर १...
-
प्रधानमन्त्रीविरुद्ध सामाजिक सञ्जालमा भइरहेका गतिविधि देशहित विपरीत छन्ः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली विदेशमा रहेका बेला प्रधानमन्त्री विरुद्ध सामाजिक सञ्जालमार्फत...
-
पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला
काठामाडौं । धनुषाको धनुषा धाममा रहेको पोखरीमा डुबेर बेपत्ता भएकी बालिकाको शव आज बिहान फेला परेको छ । धनुषाधाम नगरपालिका...
-
घमेश दुलालले ल्याए खर्च दशैंलाई (भिडियो)
काठमाडाैं । चर्चित गायक घमेश दुलालले 'खर्च दशैंलाई' बोलको गितको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । गायक दुलालले आफ्नै युट्युब...
-
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
काठमाडौं । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको...
-
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग अमेरिकाका राजनीतिक मामिलासम्बन्धी कार्यवाहक उपविदेश मन्त्री जोन...
-
बङ्गलादेशले मौद्रिक नीतिमा कडाइ गर्ने
काठमाडौं । बङ्गलादेशको केन्द्रीय बैङ्कले मुद्रास्फीति नियन्त्रण गर्न सरकारलाई सहयोग पु¥याउने उद्देश्यले आगामी महिनाको अन्त्यसम्ममा दुई पटक नीतिगत दरमा वृद्धि...