ताजा समाचार

यसकारण उपत्यकावासीले दसैंसम्ममा मेलम्चीको पानी उपहार नपाउने

काठमाडौं, १० साउन । मेलम्ची खानेपानी आयोजनाले सुरुङ खन्न २४ सय मिटरमात्र बाँकी रहेको जनाएको छ । सरकारले दसैंमा उपत्यकावासीलाई मेलम्चीको पानी उपहार दिने घोषणा गरे पनि त्यसको सम्भावना टर्दै गएको खबर आजको कान्तिपुरमा छ ।

घटस्थापना आउन अब ठीक ६० दिन बाँकी छ भने सुरुङ खन्न २४ सय मिटर बाँकी छ । तोकिएको समयभित्र सुरुङको पूरा ब्रेक थ्रो मात्र गर्न प्रत्येक दिन ४० मिटरका दरले सुरुङ खन्नुपर्ने हुन्छ । आयोजनाले हालसम्म दैनिक ४० मिटर सुरुङ खनेको रेकर्ड छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org