ताजा समाचार

‘हावा’ बाट चल्ने ‘अटो रिक्सा’ बनाउँदै विद्यार्थीहरुले गाउँपालिका अध्यक्षलाई चढाएर घुमाए

मोरङ, १५ साउन । मनमोहन पोलिटेक्निकका विद्यार्थीले हावाबाट चल्ने अटो रिक्सा बनाएका छन् । मेकानिकल तर्फका विद्यार्थीले एक वर्षको अबधिमा बनाएका उपकरणहरु सार्वजनिक गर्दै एक्सिलेटर भएको साइकल र हावाबाट चल्ने नमुना उपकरण देखाएका हुन् । विद्यार्थीले तीन वर्षको अवधिमा सिभिल इन्जिनियरिङ, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा मेकानिकलका आ–आफ्ना क्षेत्र अन्तरगत बनाएका उपकरण प्रदर्शन गरेका हुन् ।

मेकानिकलका विद्यार्थीले हावाबाट चल्ने क्षमता भएको अटो रिक्सा बनाएका हुन् । हावाबाट चल्ने अटो रिक्सामा बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द माझीलाई विद्यार्थीले चढाएर घुमाएका थिए । अहिलेसम्म अटो रिक्सामा पाइटलबाट ठेलेरा कुदाउने, ब्याट्रीबाट चल्ने तथा ईन्धनबाट चल्ने मात्र बजारमा आएकोमा विद्यार्थीले बनाएको अटो रिक्सा हावाबाट चल्ने खालको छ ।

विद्यार्थीले अटोरिक्सा आफैले एक लाख रुपैयाँ खर्च गरेर बनाएका हुन् । ४ जना चढ्न मिल्ने रिक्सा बनाउन उनीहरुलाई एक वर्ष लागेको पोलिटेक्निकले जनाएको छ । त्यस्तै समान ओसार्ने मेसिन, एक्सिलेटरबाट कुदाउन मिल्ने साइकलन समेत बनाएका छन् । तीन डाईरेक्सनबाट समान बोक्ने सवारी बनाएर नयाँ बिषयमा विद्यार्थीले मेकानिकमा उपलब्धी हाँसिल गरेको जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org