एमालेले १४ जिल्लाका जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुखका उम्मेदवार टुंग्यायो
काठमाडौं, १५ साउन । एमालेले १४ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखको टुंगो लगाएको छ । अध्यक्ष केपी ओली निवास बालकोटमा आइतबार बिहान बसेको स्थायी कमिटीको बैठकले पार्टी जिल्ला कमिटीको सिफारिस तथा प्रदेश संगठन कमिटीको सिफारिसका आधारमा प्रमुख उपप्रमुखको टुंगो लगाएको हो । बैठकमा अध्यक्ष ओलीले हालै चीनको तिब्बत र मानसरोबर भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टी तथा चिनियाँ सरकारका प्रतिनिधिहरूसँगको भेटघाटका क्रममा भएका विषयवस्तुका बारेमा बैठकलाई जानकारी गराएका थिए ।
रामेछापः प्रमुख-प्रेमबहादुर खड्का, उपप्रमुख-दीपा पाख्रिन, रसुवा: प्रमुख-कुलप्रसाद भट्ट, उपप्रमुख-छोपेमा तामाङ्नी, मकवानपुर: प्रमुख-रघुनाथ खुलाल, उपप्रमुख-भगवती पुडासैनी, भक्तपुर: प्रमुख-नवराज गेलाल, उपप्रमुख सरिता कुँवर, डोल्पा: प्रमुख-शेरबहादुर बुढा, सल्यान: उपप्रमुख-कुलबहादुर गिरी, कालिकोट: प्रमुख-प्रेमबहादुर शाही, उपप्रमुख-सरिता आचार्य, जाजरकोट: प्रमुख-गोरे कार्की, उपप्रमुख-कमलादेवी शाही, हुम्ला: उपप्रमुख-खगेन्द्र कार्की, सुर्खेत : प्रमुख-टोपबहादुर राजकोटी, उपप्रमुख- दीपा मल्ल, मुगु : प्रमुख-पुर्णबहादुर रोकाय, उपप्रमुख-कर्णशिला मल्ल, खोटाङ : प्रमुख-बबी चाम्लिङ, उपप्रमुख-गोमा खत्री, इलाम: प्रमुख-गणेश बराल, उपप्रमुख-चित्रकला बराइली, बझाङ : प्रमुख-खड्गबहादुर खड्का, उपप्रमुख-भागिरथी अवस्थी जोशी ।
काभ्रे जिल्लाको निम्ति सिफारिस भएका नामहरूमध्ये जिल्ला नेतृत्वसँग आवश्यक छलफल गरी पार्टी केन्द्रीय अध्यक्षसँग राय परामर्श गरी उम्मेदवारको टुंगो लगाउने जिम्मा प्रदेश नं. ३ का संयोजक अष्टलक्ष्मी शाक्यलाई जिम्मेवारी दिइएको छ । कतिपय जिल्लाहरूमा विभिन्न पार्टीसँग तालमेल गर्नुपर्ने अवस्थामा उम्मेदवार हेरफेर गर्नुपरेमा प्रदेश संगठन कमिटीको नेतृत्वसँग राय परामर्श गरी पार्टी केन्द्रसँग पूर्व स्वीकृति लिई सम्बन्धित जिल्ला कमिटीले गर्न सक्ने एमालेले जनाएकाे छ ।
Comments
अरु समाचार
-
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस
काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस भएका छन् । आज बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा उनलाई...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
महासभामा नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै काम नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा आफूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल...
-
प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दैछन्। संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री...
-
संविधान कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री
काठमाडौं । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पु¥याउने...
-
प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आज बिदाइ भेट गरेका छन् ।...
-
दुई ठूला दल मिल्दा जनतामा आत्मविश्वास बढेको छः उपमहासचिव ज्ञवाली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले संसदका दुई ठूला दल एमाले र नेपाली कांग्रेस मिल्दा जनतामा...
-
आजदेखि नेपाली र अमेरिकी सेना संयुक्त अभ्यास गर्दै
काठमाडौं । नेपाली र अमेरिकी सेनाबीचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ । अभ्यासका क्रममा खोज तथा उद्धारलाई...
-
अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ: राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । राष्ट्रपति भवन...