भरतपुर मतगणना विवादः सर्वोच्चमा बहस सकियो, फैसला कस्तो आउँला ?
काठमाडौं, १५ साउन । भरतपुर मतगणना विवादबारेमा सर्वोच्च अदालतमा चलिरहेको बहस सकिएको छ । वडा नम्बर १९ मा फेरि मतदान गर्ने कि नगर्ने भन्न बारेमा सर्वोच्चमा चलिरहेको बहस सकिएको हो । फेरि मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध रिट दायर गरेका गुञ्जमान विक पक्षका वकिलहरुले आज जवाफी बहस गरेका छन् ।
जवाफी बहस सकिएको र अब न्यायाधीशले निर्णय गर्न मात्र बाँकी रहेको अधिवक्ता विजयकान्त मैनालीलेजानकारी दिए । ‘हामीले हाम्रो बहस सकेका छौं, अब न्यायाधीशको हातमा छ’ उनले भने, ‘निर्णय आजै आउन पनि सक्छ, न्यायाधीशहरुले थप अध्ययन गरेर अर्को दिनलाई सार्न पनि सक्छन् ।’
न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा साउन २ गतेदेखि यो मुद्दामा सुनुवाई हुँदै आएको छ । रिट दायर भएको २ महिना हुँदा समेत फैसला नहुँदा निर्वाचित प्रतिनिधिले काम गर्न पाएका छैनन् । मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुन मतदान गर्ने निर्णय गरेको थियो । निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको हो ।
Comments
अरु समाचार
-
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस
काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस भएका छन् । आज बसेको संवैधानिक परिषद्को बैठकले वरिष्ठताका आधारमा उनलाई...
-
कोशीका मुख्यमन्त्री कार्कीले असोज २ गते विश्वासको मत लिने
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी असोज २ गते विश्वासको मत लिने भएका छन् । नेपाल कम्युनिष्ट पार्टी...
-
महासभामा नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल पर्ने गरी कुनै काम नगर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा आफूले नेपालको शिर ढल्ने वा प्रतिष्ठा तल...
-
प्रधानमन्त्री ओलीले आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दैछन्। संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री...
-
संविधान कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्धः मुख्यमन्त्री
काठमाडौं । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले सुशासन, सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई जनतासामु पु¥याउने...
-
प्रधानमन्त्रीसँग रोमानियाका राजदूतको बिदाइ भेट
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि रोमानियाका राजदूत डानियल मारियना सेजोनभ तानले आज बिदाइ भेट गरेका छन् ।...
-
दुई ठूला दल मिल्दा जनतामा आत्मविश्वास बढेको छः उपमहासचिव ज्ञवाली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले संसदका दुई ठूला दल एमाले र नेपाली कांग्रेस मिल्दा जनतामा...
-
आजदेखि नेपाली र अमेरिकी सेना संयुक्त अभ्यास गर्दै
काठमाडौं । नेपाली र अमेरिकी सेनाबीचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ । अभ्यासका क्रममा खोज तथा उद्धारलाई...
-
अख्तियारका कामकारबाही पारदर्शी र प्रभावकारी बनाउन आवश्यक छ: राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ । राष्ट्रपति भवन...