ताजा समाचार

भरतपुर मतगणना विवादः सर्वोच्चमा बहस सकियो, फैसला कस्तो आउँला ?

काठमाडौं, १५ साउन । भरतपुर मतगणना विवादबारेमा सर्वोच्च अदालतमा चलिरहेको बहस सकिएको छ । वडा नम्बर १९ मा फेरि मतदान गर्ने कि नगर्ने भन्न बारेमा सर्वोच्चमा चलिरहेको बहस सकिएको हो । फेरि मतदान गर्ने निर्वाचन आयोगको निर्णय विरुद्ध रिट दायर गरेका गुञ्जमान विक पक्षका वकिलहरुले आज जवाफी बहस गरेका छन् ।

जवाफी बहस सकिएको र अब न्यायाधीशले निर्णय गर्न मात्र बाँकी रहेको अधिवक्ता विजयकान्त मैनालीलेजानकारी दिए । ‘हामीले हाम्रो बहस सकेका छौं, अब न्यायाधीशको हातमा छ’ उनले भने, ‘निर्णय आजै आउन पनि सक्छ, न्यायाधीशहरुले थप अध्ययन गरेर अर्को दिनलाई सार्न पनि सक्छन् ।’

न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा साउन २ गतेदेखि यो मुद्दामा सुनुवाई हुँदै आएको छ । रिट दायर भएको २ महिना हुँदा समेत फैसला नहुँदा निर्वाचित प्रतिनिधिले काम गर्न पाएका छैनन् । मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुन मतदान गर्ने निर्णय गरेको थियो । निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट परेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org