ताजा समाचार

घरमै सुत्केरी हुने क्रममा शिशुको मृत्युपछि डाक्टर र नर्समाथि कुटपिट

वीरगञ्ज, १६ साउन । अस्पतालले फर्काएको गर्भवती घरमै सुत्केरी हुने क्रममा शिशुको मृत्यु भएपछि आफन्तले नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जका डाक्टर र नर्समाथि कुटपिट गरेका छन् ।  कुटपिटबाट डाक्टर, नर्ससहित सुरक्षा गार्ड र एक प्रहरी घाईते छन् ।

घाईते हुनेमा गाईनो वार्डकी डा. चाँदनी पाण्डे, स्टाफ नर्स ज्योति चौधरी, अस्पतालका सुरक्षा गार्ड अफताब देवान र नारायणी उपक्षेत्रीय अस्पताल प्रहरी बिटका प्रहरी अखिल खड्का रहेको खबर आजको नयाँ पत्रिकामा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org