ताजा समाचार

‘तलाक’ दिएपछि पनि श्रीमानका भाईसँगै बिहे गरेको भन्दै मुस्लिम महिलामाथि निर्मत यातना


सुनसरी, १६ साउन । सुनसरीमा एक मुस्लिम महिलामाथि निर्मम यातना दिईएको छ । तलाक दिएपछि पनि विवाह गरेको भन्दै मुस्लिम पंञ्चायतले दुहबी नगरपालिका ८ सोनापुर बस्ने २६ बर्षिय सैरा खातुनमाथि कुटपिट गर्नुका साथै निर्मम यातना दिईएको हो । खातुनमाथि मुस्लिम पंञ्चायतले कुटपिट गर्नुको साथै सजाय स्वरुप इटा बोकाएर १२ घण्टा सम्म यातना दिएको हो ।

साथै समाजमा भेला भएका गाँउलेहरुले भाटाले शरिरभर निलडाम हुने गरी कुटपिट समेत गरेका छन् । यातना र कुटपिटबाट गम्भीर अबस्थामा खातुनलाई सामुदायीक मेलमिलाप केन्द्रले उद्धार गरी सदरमुकाम स्थित सेफ हाउसमा राखिएको छ । उनको ४ दिनसम्म उपचार गरी केन्द्रले सेफ हाउसमा सुरक्षित राखेको हो ।

श्रीमानले तलाक दिएपछि उनले श्रीमानको भाईसँग दोस्रो बिवाह गरेकी थिइन् । भागेर बिवाह गरेपछि केटा पक्षका परिवारले फेला पारी घरमा यताना दिनुको साथै कुटपिट गरेका हुन् । तलाकपछि स्वेच्छाले देवरसँग बिवाह गरेको भन्दै पीडित खातुनले समाजमा राखेर छोरा मान्छेले लात्ती र भाटाले पिट्नुको साथै ईटा बोकाएर १२ घण्टासम्म उभ्याएको बताइन् । केटाको परिवारले ज्यान मार्नेसम्मको धम्की दिएपछि आफु बिचल्लीमा परेको उनले बताइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org