एउटा बाइकमा एकै परिवारका पाँच जना देखेपछि प्रहरीले सडक मै गरे नमस्कार
एजेन्सी, २५ असोज । एकै परिवारका पाँच सदस्य सवार भएको एउटा बाइकलाई रोकेर प्रहरीले चालकलाई नै नमस्कार गरेका छन् । जुन तस्वीर यतिबेला भारतीय सोशल मिडियामा भाइरल भएको छ । भारतकै एक प्रहरी अधिकारीले मंगलबार ट्विटरमार्फत सार्वजनिक गरेको उक्त तस्वीरलाई पाँच हजारभन्दा बढी पटक ‘रि–ट्वीट’ गरिएको छ ।
त्यस्तै झण्डै १० हजार जनाले तस्वीरलाई ‘लाइक’ गरेका छन् । संयौंको संख्यामा ‘कमेन्ट’ आएका छन् । उक्त तस्वीर आन्ध्र प्रदेशको अनन्तपुर जिल्लामा लिइएको हो । बेंग्लोरका पूर्वी भेगका डीसीपीले ट्विट गर्दै लेखेका छन्, ‘यसले (पुलिकसकर्मी) अरु के नै गर्न सक्छ र ) हामीसँग सँधै एउटै विकल्प हुन्छ, हमेशा सुरक्षित विकल्प चुन्ने ।’
तस्वीरमा बच्चासमेत पाँच जना सवार छन् । चालकले हेलमेटसमेत लगाएका छैनन् । बाइक चालकको नाम हनुमन्थ रायडु रहेको बताइएको छ । उनी आफ्नो परिवारका साथ कतै गइरहेको समयमा प्रहरी चेकिङमा परेका हुन् ।
बी शुभकुमार नाम गरेका प्रहरीले उनलाई रोक्नासाथ नमस्कार गरेका हुन् । शुभकुमार भन्छन्, ‘बाइकमा पाँच जना बसेको, त्यसमा पनि चालकले हेलमेट नलगाएको देखेर मैले नमस्कारबाहेक अरु केही गर्नै सकिनँ ।’ हनुमन्थले यसअघि नै बारम्बार ट्राफिक नियम तोडेको बताइन्छ ।
Comments
अरु समाचार
-
इरानमाथि इजरायलको आक्रमणपछि रूसको चेतावनी
मस्काे । जरायलले इरानमा सैन्य लक्ष्यमा बमबारी गरेपछि इरान र इजरायलबीचको शत्रुतामा ‘खतरनाक वृद्धि’ भएको र यसले स्थिति नियन्त्रण बाहिर...
-
पूर्वी लेबनानमा इजरायली आक्रमण जारी
काठमाडौं । पूर्वी लेबनानमा भएको इजरायली आक्रमणमा तीन जना पत्रकारको मृत्यु हुनुका साथै बेरुतको दक्षिणी उपनगरका भवनहरूमा भौतिक क्षति भएको...
-
राष्ट्रपति पुटिनले दुई वर्षपछि राष्ट्रसङ्घका महासचिवसँग भेट गर्ने
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार दुई वर्षभन्दा बढी समयमा पहिलोपटक संयुक्त राष्ट्रका प्रमुख एन्टोनियो गुटेरेससँग भेट गर्ने भएका...
-
युक्रेनी विदेशमन्त्री युद्ध अन्त्य गर्ने योजनामा समर्थन जुटाउन अफ्रिका र ओमानको भ्रमणमा
काठमाडौं । युक्रेनी विदेश मन्त्री एन्ड्री सिबिगाले युक्रेन र रूसको बीचको युद्ध अन्त्य गर्ने योजनामा समर्थन जुटाउन बुधबार अफ्रिकी देशहरू...
-
भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच रुसमा भेटवार्ता हुने
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार पाँच वर्षमा पहिलो पटक द्विपक्षीय बैठक गर्ने भारतीय...
-
बङ्गलादेशमा राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग, प्रदर्शनकारीद्वारा राष्ट्रपति भवन कब्जा
काठमाडौं । बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामा माग गर्दै राष्ट्रपति भवन ’बङ्गभवन’ कब्जा गरेका छन् । यसअघि मङ्गलबार दिउँसो...
-
रूसमा सेना नपठाएको उत्तर कोरियाको दाबी
काठमाडौं । उत्तर कोरियाले मस्कोलाई युक्रेनको विरुद्धमा लड्न सेना नपठाएको जनाउदै संयुक्त राष्ट्रसङ्घका लागि उत्तर कोरियाली प्रतिनिधि किम सङले सियोलको...
-
हाइटी गिरोहको आक्रमणमा दुई जनाको मृत्यु , पाँच हजार विस्थापित
काठमाडौं । हाइटीका गिरोहहरूले राजधानी पोर्ट –आउ–प्रिन्समा आक्रमण गर्दा आठ महिनाको गर्भवती महिलासहित दुई महिलाको मृत्यु हुनुका साथै पाँच हजार...
-
म्यानमारमा डुङ्गा डुब्दा ११ जनाको मृत्यु, १९ बेपत्ता
काठमाडौं । म्यानमारको दक्षिणी तटमा अन्डमान सागरमा करिब ३० जना बोकेको डुङ्गा डुबेपछि उद्धारका लागि खटिएका उद्धारकर्ताहरूले एघार वटा शव...