ताजा समाचार

अदालतको मानहानी गरेको भन्दै प्रचण्डबिरुद्ध परेको मुद्दाको अन्तिम सुनुवाइ सर्यो

काठमाडौं, ६ कात्तिक । अदालतको मानहानी गरेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्चमा परेको रिटमाथिको अन्तिम सुनुवाइ सरेको छ । आज ओमप्रकाश मिश्र र तेजबहादुर केसीको संयुक्त इजालाशमा सुनुवाइ हुने तय भएपनि प्रचण्डको वकिलको आग्रहमा सुनुवाइ सारिएको रिटकर्ता वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए ।

सत्यनिरुपण आयोगको क्षेत्राधिकार सम्बन्धमा सर्वोच्चले गरेको निर्णय विरुद्ध प्रचण्डले दिएको अभिव्यक्तिले अदालतको मानहानी गरेको भन्दै नेपाली कांग्रेसका नेता समेत रहेका निवेदक त्रिपाठीले रिट दायर गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org