ताजा समाचार

छोरा विदेश हुँदा यौनसम्पर्क गर्न खोज्ने ससुराद्धारा बुहारीमाथि कुटपिट

सिरहा, ६ कात्तिक । ससुराको कुटाईबाट एक महिला गम्भीर घाइते भएकी छन् । सिरहाको अर्नमा गाउँपालिका १ महनौर बुढियाचापमा ससुरा रामसेबक महराको कुटाइबाट बुहारी शोभा महरा गम्भीर घाइते भएकी हुन् ।

गत असोज ३१ गते श्रीमानसँग सामान्य बिबाद हुँदा ससुरा रामसेबकले छोरा अजय महराकै अगाडि शोभालाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । ससुरोको कुटाइबाट शोभाको टाउको,अनुहार, आँखा, टाउको लगायत शरीरको विभिन्न भागमा गहिरो चोट लागेको छ ।

ससुराको कुटपिटबाट वेहोस अवस्थामा रहेकी महरालाई गोलबजार प्रहरीले उद्दार गरेको थियो । अहिले माइति पक्षको निगरानिमा उनको मिर्चैयामा उपचार भइरहेको छ । उनको डेढ वर्षीय एक छोरा छन् ।

मरणसन्न हुने गरी कुटपिट गरेपनि श्रीमानले समेत नछुट्याएको र उपचारका लागि समेत नलगेको महराले बताइन । आमा बाबुको दबाबका कारणले श्रीमान्ले उपचारका लागि नलगेको उनको भनाइ छ ।

छोरीलाई मरणसन्न हुनेगरी पिटेर उपचार गर्न नलगेको शोभाका माइतिले प्रहरीलाई जानकारी गराएपछि घटना सार्बजनिक भएको हो । बैदेशिक रोजगारीमा रहेका शोभाका श्रीमान् एक महिना अगाडि मात्र घर आएका हुन् ।

श्रीमान् विदेशमा हुँदा ससुराले विभिन्न कारणले पटकपटक मानसिक यातना र दुःख दिंदै आएकोे शोभाले बताइन् । ससुराले श्रीमान बैदेशिक रोजगारीमा गएका बेला शारीरिक सम्पर्क राख्न दवाव दिने गरेको र नमान्दा कुटपिट गर्ने गरेको उनले प्रहरीलाई बयान दिएकी छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org