बालकृष्ण ढुंगेल २०८६ सालसम्म जेलमै बस्नुपर्ने, आममाफी दिनै नमिल्ने
काठमाडौं, १४ कात्तिक । मंगलबार पक्राउ परेका माओवादी नेता बालकृष्ण ढुंगेल २०८६ सालसम्म जेलमा बस्ने भएका छन् । सर्वोच्च अदालतले हत्यामा दोषी ठहर गर्दै डिल्लीबजारस्थित सदरखोरमा रहेका ढुंगेल २०८६ सालमा मात्रै त्यहाँबाट मुक्त हुनेछन्।
प्रहरीले आज बिहान उनलाई पक्राउ गरी बबरमहलस्थित फैसला कार्यान्वयन निर्देशनालयमा पुर्याएको थियो। उनको १२ वर्ष ५ महिना २२ दिन कैद भुक्तान बाँकी रहेको निर्देशनालय ध्रुवकुमार ढकालले जानकारी दिए ।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको २०५५ सालमा भएको हत्यामा दोषी ठहर पूर्वसभासद् ढुंगेललाई सर्वोच्च अदालतले २०६६ पुस १९ गते ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। ढुंगेले यसअघि नै सात वर्ष कैद भुक्तान गरिसकेका थिए । उनले अब १२ वर्ष पाँच महिना २२ दिन थुनामा बस्नुपर्ने छ।
नेपालको संविधानको धारा २७६ मा राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तवी, परिवर्तन वा कम गर्न सक्ने व्यवस्था छ।
ढुंगेलको हकमा भने तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीशहरु सुशीला कार्की, वैद्यनाथ उपाध्याय, गोपाल पराजुली, र ओमप्रकाश मिश्रको इजलासले २०७२ पुसमै आममाफी नदिन राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा परमादेश जारी गरिसकेको छ। त्यसैले ढुंगेलले पुरै कैद भुक्तानको विकल्प छैन।
Comments
अरु समाचार
-
सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार
काठमाडौं । संखुवासभा जिल्लामा यो वर्ष रु ३४ करोड बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि...
-
लिम्बू कला–संस्कृति संरक्षणमा जुट्दै नयाँ युवा पुस्ता
काठमाडौं । इलाम जिल्लाका लिम्बू युवा पुस्ता आफ्नो कला र संस्कृति संरक्षणमा जुटेका छन् । ‘याक्थुङ युवा मञ्च’को अगुवाइमा जिल्लाका...
-
पर्यटन प्रवर्द्धन गर्न भेडेटारमा खाना महोत्सव हुँदै
काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले यही पुस १६ देखि १८ गतेसम्म सुनसरीको भेडेटारमा खाना महोत्सव हुने भएको...
-
मुन्दुम पदमार्गको विकासमा जुट्दै स्थानीय तह
काठमाडौं । सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग भोजपुरसहित तीन वटा जिल्लाका स्थानीय तह जुटेका छन्...
-
मुगुमा नयाँ निकुञ्ज वा शिकार आरक्ष बनाउन अध्ययन गर्न कार्यदल गठन
काठमाडौं । वन तथा वातावरण मन्त्रालयले मुगु जिल्लामा नयाँ निकुञ्ज वा शिकार आरक्ष बनाउन अध्ययन गर्न कार्यदल गठन गरेको छ।...
-
मराङबेँसीमा कृषिबाट आत्मनिर्भर बन्ने अभियान
काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङबेँसीका स्थानीय कृषिबाट आत्मनिर्भर बन्ने अभियानमा लागेका छन् । केही वर्षअघि सम्म अन्नबाली मात्र लगाउने...
-
काठमाडौं महानगरद्वारा १२ महिनामा १२ रोगको सचेतना अभियान
काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ महिनामा १२ प्रकारका रोगको सचेतना अभियान सञ्चालन गरेको छ । महानगरले निरोधात्मक स्वास्थ्य सेवाको प्रवद्र्धनको...
-
जलवायु परिवर्तनको असर स्थानीय तहमा बढीः मुख्यमन्त्री लामा
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले जलवायु परिवर्तनको असर स्थानीय तहमा नै बढी परिरहेको धारणा राख्नुभएको छ । ‘जलवायु...
-
‘लागूऔषध दुर्व्यसन’ विरुद्द सचेतनाका लागि वक्तृत्वकला प्रतियोगिता सम्पन्न
गाईघाट । जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिकाको सहकार्यमा "लागू औषध मुक्त समाज निर्माणमा विद्यार्थीको भूमिका" विषयक नगर...