ताजा समाचार

प्रेमीसँग मिलेर लस्सीमा विष मिसाएर श्रीमानसहित १५ जनाको हत्या

एजेन्सी, १५ कात्तिक । पाकिस्तानीमा एक दुलहीले लस्सीमा विष मिसाएर श्रीमानसहित परिवारका १५ जनाको हत्या गरेकी छन् । नवविवाहिता महिलाले श्रीमानसहित परिवारका सदस्यलाई लस्सीमा विष मिलाएर दिएको र त्यसकै कारण उनीहरुको ज्यान गएको प्रहरीले जनाएको छ । उक्त आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

पाकिस्तानको मुजफ्फरगढ जिल्लाका एक प्रहरी अधिकारीले पक्राउ परेकी महिलाको नाम आसिया बिबी रहेको बताएका छन् । आसियाले श्रीमानलाई विष राखेको दूध दिएको तर श्रीमानले त्यसबेला दूध पिएका थिएनन् । पछि आसियाकी सासुले त्यही दूध लस्सीमा मिसाएर परिवारका २७ सदस्यलाई दिएकी थिइन् । प्रहरीले हत्यामा संलग्न भएको आरोपमा एक पुरुषलाई पनि पक्राउ गरेको छ ।

पक्राउ परेका व्यक्ति आसियाका प्रेमी रहेको गाउँलेले बताएका छन् । आसियाकी काकीलाई पनि हत्याको योजना बनाउन सहयोग गरेको आरोपमा पक्राउ गरिएको छ । विष मिसाइएको लस्सी खाएका १५ जनाको ज्यान गएको छ भने अरु १२ जना बिरामी भएका छन् । उनीहरुको मुल्तानमा रहेको अस्पतालमा उपचार भइरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org