यात्रुमाथि दुव्र्यवहारको भिडियो भाइरल भएपछि छानबिन समिति
नयाँ दिल्ली, २३ कात्तिक । भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा एक एयरलाइन्सका कर्मचारीले यात्रुलाई दुर्व्यवहार गरेको भिडियो भाइरल भएपछि त्यसको छानबिनका लागि सरकारले समिति गठन गरेको छ ।
करिब महिना दिनअघि भारतको चेन्नईबाट इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका एक यात्रुलाई विमानस्थलमै भारतको इन्डिगो एयरलाइन्सका कर्मचारीले दुर्व्यवहार गरेका थिए ।
मंगलबार सार्वजनिक भएको उक्त भिडियोमा एक यात्रुलाई विमानबाट बाहिर निस्किने क्रममा घाँटीमा समातेर लछार्दै बाहिर निकालिएको छ । उक्त भिडियो मंगलबार नै भारतका करोडौं नागरिकले हेरिसकेका छन् ।
भिडियो भाइरल भएपछि उक्त एयरलाइन्सले भने सार्वजनिक रूपमा नै माफी मागेको छ । तर सर्वसाधारण यात्रुमाथि गरिएको दुर्व्यवहारप्रति देशव्यापी रूपमा बढेको आक्रोश अझै मत्थर भने भएको छैन । उक्त घटनाको छानबिन गर्न बुधबार बिहानै एक समिति गठन गरिएको जानकारी भारतीय नागरिक उड्डयन मन्त्री अशोक गजापतिले दिएका छन् ।
भारतीय नागरिक उड्डयन निकायका महानिर्देशकको संयोजकत्वमा समिति गठन गरिएको छ । उनलाई उक्त घटनाको सत्यतथ्य छानबिन गरी सरकारलाई प्रतिवेदन दिन भनिएको छ । मन्त्री गजापतिले भनेका छन्, ‘एयरलाइन्सजस्तो सार्वजनिक सेवा प्रदायक निकायबाट यात्रुमा गरिएको यो व्यवहार निन्दनीय छ, दोषीमाथि कारबाही हुन्छ, हामीले यस घटनाको छानबिन सुरु गरिसकेका छौं ।’ ती यात्रुलाई भौतिक रूपमा लछारपछार पार्नुका साथै गालीगलौज पनि गरिएको भिडियोको फुटेजमा देखिन्छ । रासस/सिन्हा
Comments
अरु समाचार
-
पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
काठमाडौं । शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६८औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । लिस्वनस्थित नेपालको अवैतनिक...
-
रुसी र चिनियाँ सदाका लागि दाजुभाइ हुन्ः राष्ट्रपति पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो दुई दिने चीन भ्रमणको समापन दिनमा दुई देशबीचको सम्बन्धको उच्च प्रशंसा गर्दै रुसी...
-
भारतमा चट्याङले १२ को मृत्यु
काठमाडौं । भारतको पूर्वी राज्य पश्चिम बङ्गालमा बिहीबार चट्याङ पर्दा कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको...
-
जनकपुर–जयनगर रेल्वे सेवा तीन दिनसम्म बन्दरहने
जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक...
-
स्लोभाक प्रधानमन्त्री फिकोमाथि भएको आक्रमण कायरतापूर्ण कार्य: प्रधानमन्त्री मोदी
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि भएको गोली प्रहारलाई ‘कायरतापूर्ण र डरलाग्दो कार्य’ भएको निन्दा गर्दै...
-
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
राष्ट्रपति पुटिन चीन भ्रमणमा
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भ्रमणका लागि चीन आइपुग्नुभएको सिएनएनले जनाएको छ । मस्को र...
-
स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार
काठमाडौं । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार गरिएको छ । बीबीसीका अनुसार प्रधानमन्त्री फिको गाडीमा बस्न जाने बेलामा उनीमाथि...
-
खार्किभ क्षेत्रका केही भागबाट युक्रेनी सेना फिर्ता
काठमाडौं । गत सातादेखि रूसी सेना सीमातर्फ अगाडि बढ्दै बस्तीहरूमा आक्रमण सुरु गरेपछि युक्रेनले पूर्वी खार्किभ क्षेत्रका धेरै गाउँ नजिकै...