ताजा समाचार

 कपिलवस्तुमा चार जनामा डेंगु फेला

कपिलवस्तु, ३ मंसिर । यहाँ डेंगु रोगका चार बिरामी फेला परेका छन् । बुद्धभूमि नगरपालिकाको बरकलपुर स्वास्थ्यचौकीमा स्वास्थ्य परीक्षणमा आएका विरामीको स्वास्थ्य जाँच गर्दा डेंगु देखिएको बताइएको छ । स्थानीय स्वास्थ्य संस्थामा उपचार गराउँदा निको नभएपछि स्वास्थ्यचौकीमा आएका बिरामीलाई डेंगु परीक्षणका लागि अञ्चल अस्पताल बुटवल सिफारिस गरिएको थियो । चारमध्ये तीन बिरामी उपचारपछि घर फर्केको र केहीको अञ्चल अस्पताल बुटवलमा उपचार भइरहेको बताइएको छ ।

बरकुलपुर स्वास्थ्य चौकी इन्चार्ज चन्द्रावती अधिकारीका अनुसार डेंगु लागेका बिरामीमा अत्यधिक ज्वरो आउने तथा टाउको, आँखा र हाडजोर्नी दुख्ने लक्षण देखिने गरेको बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले डेंगुबारे सचेत गराउँदै सर्वसाधारणलाई लामखुट्टेको टोकाइबाट बच्न झुलभित्र सुत्न र सरसफाइमा विशेष ध्यान दिन आग्रह गरेको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org