वाम गठबन्धनका उम्मेदवार शालिकराम जमरकट्टेलको यस्तो गोप्य मतदान !
धादिङ, १० मंसिर । माओवादी नेता तथा धादिङ क्षेत्र नम्बर १ का उम्मेदवार शालिकराम जमकट्टेलले गोप्य मतदानको खिल्लि उडाएका छन् । वाम गठबन्धनका तर्फबाट धादिङ क्षेत्र नम्बर १ को प्रदेशसभा (ख) का उम्मेदवार रहेका जमकट्टेलले निर्वाचन आयोगलाई चुनौति दिँदै आफूले गरेको ‘गोप्य’ मतदान सबैका सामू सार्वजनिक गरेका हुन् ।
कुनै पनि मतदाताले आफूले कुन उम्मेदवार तथा दलको चुनाव चिह्नमा मतदान गरेको भनेर सार्वजनिक गर्न पाइँदैन । यस्तो मतदानलाई ‘गोप्य’ भन्ने गरिन्छ । कुनै मतदाताले आफूले गरेको मतदानको फोटो खिचेर ल्याउन नपाउन भनेर मतदान केन्द्रमा मतदातालाई क्यामेरा तथा मोबाइल लैजान पनि निषेध गरिएको हुन्छ । तर, माओवादी नेता जमकट्टेलले भने आफूले गरेको मतदान पत्रकार र त्यहाँ उपस्थिति सबैलाई देखाउँदै फोटो समेत खिचाएका छन् ।
उक्त तस्बिरमा उनले मतपत्रमा कुन दलको चुनाव चिह्नमा मत हालेका छन् भनेर प्रस्ट देख्न सकिन्छ । नेता जमकट्टेलले धादिङको गजुरी गाउँपालिका–७ तिरानचोक कटुन्जे मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।
Comments
अरु समाचार
-
मधेसका मुख्यमन्त्री सिंहले आगामी असार २१ गते विश्वासको मत लिने
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले यही आगामी असार २१ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री तथा...
-
वर्षाका कारण विराटनगरका अधिकांश भाग डुबानमा, विमानस्थल पनि बन्द
काठमाडौं । अविरल वर्षाका कारण विराटनगरका अधिकांश भाग डुबानमा परेका छन्। विराटनगर महानगरपालिका वडा नं १,२,३,४,५,६,११,१२ ,१४ र १९ डुबानका...
-
सेयर बजारमा सामान्य वृद्धि, फाइनान्स समूहमा भारी गिरावट
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकले बढ्दा होटल एण्ड टुरिजम समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । आज...
-
देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभाग तथा लुम्बिनी...
-
लुम्बिनी सरकारबाट बाहिरियो उपेन्द्र नेतृत्वको जसपा
काठमाडौं । जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। सरकारमा सहभागी आफ्नो मन्त्रीलाई बाहिरिन निर्देशन दिदैँ जसपाले...
-
माछा मार्ने क्रममा खोलाले बगाउँदा शिक्षकको मृत्यु
काठमाडौं । जाजरकोटमा खोलाले बगाउँदा एकजना शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा जाजरकोटको कुशे गाउँपालिका–९ का घर भइ कालिका माविमा...
-
देशका केही भागमा भारी वर्षा हुने,सतर्कता अपनाउन आग्रह
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्न र राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा भारी वर्षाको...
-
आइतवारसम्ममा देशभर मनसुन फैलिन्छ: मौसम महाशाखा
काठमाडौं । आउँदो आइतवारसम्ममा देशभर मनसुन फैलिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...
-
देशका विभिन्न भागमा वर्षा, सर्तक रहन मौसम विभागको आग्रह
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशका पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको जनाएको छ...