ताजा समाचार

म्यानमारकी नेतृ आङ सान सुकीलाई दिइएको अन्तर्राष्ट्रिय सम्मान फिर्ता

एजेन्सी, १२ मंसिर । म्यानमारकी नेतृ आङ सान सुकीलाई दिइएको अन्तर्राष्ट्रिय सम्मान ‘फ्रीडम अफ द इंग्लिश सिटी अफ अक्सफोर्ड’ फिर्ता लिइएको छ । अक्सफोर्डको स्थानीय काउन्सिलरहरुले म्यानमारका अल्पसंख्यक मुस्लिम समुदाय रोहिंग्यामाथिको दमनबारे सुकीले कुनै कदम नचालेको आरोप लगाउँदै ‘फ्रीडम अफ द इंग्लिश सिटी अफ अक्सफर्ड’ सम्मान फिर्ता लिएको हो ।

उनले अक्सफोर्ड विश्वबिद्यालयमा सन् १९६० को दशकमा विश्वविद्यालय तहको शिक्षा आर्जन गरेकी थिइन् । उनले उक्त सम्मान सन् १९९७ मा पाएकी थिइन् । स्थानीय काउन्सिलरहरुले हिंसाप्रति आँखा चिम्लिनेहरुलाई सम्मान गर्न नसकिने बताएका छन् । यसअघि विश्वविद्यालयको प्रसिद्ध ‘सेन्ट ह्युज कलेज’बाट नेतृ सू चीको तस्वीर हटाइएको थियो ।

संयुक्त राष्ट्रसंघले म्यान्मारको सेनाले मुस्लिम रोहिंग्यामाथि गरेको व्यवहारलाई ‘पाठ्यक्रममा उल्लेख गर्ने खालको नरसंहार’ भनेको थियो । तर, सुकीले यस आरोप अस्वीकार गर्दै आएकी छन् । गत अगष्ट महिनायता म्यान्मारमा हिंशा भड्किएपछि करिव ६ लाखभन्दा बढी रोहिंग्या मुस्लिमहरु म्यानमारबाट भागेर बंगलाादेशमा शरण लिइरहेका छन् ।

पछिल्लो समय अन्तर्राष्ट्रिय समुदायले सू चीलाई दिइएकोे नोबेल शान्ति पुरस्कार फिर्ता लिनुपर्ने आवाज उठाउँदै आएका छन् । तर, नोबेल शान्ति पुरस्कार प्रतिष्ठानले उक्त पुरस्कार फिर्ता लिने कुनै प्रावधान नरहेको बताएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org